भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा वडावासी महिलाहरूलाई लक्षित गरी स्वस्थवद्र्धक मिठाइ बनाउनेसम्बन्धी तालिम मङ्गलबार सम्पन्न भयो । ब्रह्मायणी भ्वयछेँमा सञ्चालन गरिएको उक्त तालिममा प्रशिक्षक तारादेवी धन्छाले प्रशिक्षार्थीहरूलाई चाडपर्वको समयमा आवश्यक विभिन्न मिठाइका परिकारहरू बनाउने तरिकाबारे प्रयोगात्मक कक्षा लिनुभयो ।
तालिमका प्रशिक्षार्थीहरूलाई वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रमाणपत्र तथा प्रशिक्षकलाई धन्यवाद पत्र वितरण गर्नुभयो । उहाँले बजारमा बेचिने मिठाइहरू महँगो मात्र नभई स्वास्थ्यका लागि लाभदायकसमेत नभएको गुनासो आइरहेको सन्दर्भमा आफैँ पकाउने सीप सिकेर घरमै मिठाइ बनाउन सक्ने बन्नुभएकोमा बधाइ दिनुभयो । उहाँले टोल छिमेकमा स्थानीय महिलाहरू सङ्गठित भई विभिन्न अवसरमा मिठाइका परिकारहरू बनाउने राम्रो संस्कारको विकास भइरहेको उल्लेख गर्दै सामूहिक भावना विकासको लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
वडाध्यक्ष ज्याख्वले दसैँ तिहारको फुर्सदिलो समयमा नयाँ कुरा अध्ययन तथा लेखन कार्यमा आफूलाई व्यस्त पार्न सकिएमा सकारात्मक ऊर्जा मिल्ने र नयाँ पुस्तालाई जुवा तास, लङ्गुरबुर्जा तथा अनलाइन खेलहरूमा लगाउनुभन्दा पारिवारिक र सामाजिक कार्यमा लाग्न उत्साहित गर्न आग्रह गर्नुभयो ।
कार्यपालिका सदस्य छोरीमैँया सुजखूले नगरवासी महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको चर्चा गर्दै स्थानीय समस्याहरू समाधानका लागि वडा कार्यालयको समन्वयमा सबैजना एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बदलिँदो जीवनशैली र खानपानको कारण कम उमेरमै कडा तथा दीर्घरोगहरू देखिन थालेको उल्लेख गर्दै शारीरिक तथा मानसिक स्वास्थ्यको लागि नगरपालिकाले छिकोङ र ताइची खेलको अभ्यास गराइरहेको बताउनुभयो ।
प्रशिक्षक तारादेवी धन्छाले आफूलाई नगरपालिकाले धेरै योगदान दिएको स्मरण गर्दै आफूले पनि नगरवासीहरूका लागि केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले मिठाइ बनाउने सरल तरिकाहरू अभ्याससहित सिकाउँदा प्रशिक्षार्थीहरू उत्साहित भएको अनुभव सुनाउँदै थप परिकारहरू बनाउने तरिका सिकाउन आफू तयार रहेको बताउनुभयो ।
प्रशिक्षार्थीहरू अलिशा मानन्धर र मैयालक्ष्मी त्यातले लामो समयअघिदेखि नै मिठाइ बनाउन सिक्ने चाहना वडा कार्यालयले पूरा गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै चाडपर्वमा समूहमा मिलेर मिठाइ बनाउने वचन दिनुभयो ।
Leave a Reply