भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिकाको नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना, सूक्ष्म योजना अद्यावधिक र सरसफाइ प्रवद्र्धन कार्यक्रमसम्बन्धी सूक्ष्म योजना तर्जुमा कार्यक्रम भक्तपुर नगरपालिका खोप समन्वय समितिका संयोजक एवं नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बालबालिकाको स्वास्थ्य र जीवन रक्षाका लागि खोपको महत्व अत्यन्तै ठुलो रहेको बताउँदै समयमै खोप नलगाउँदा बालबालिकाले जीवनभर विभिन्न स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाका सातवटै खोप केन्द्रको सेवा, खोपको अवस्था तथा सम्बन्धित तथ्याङ्क समेटिएको पुस्तिका प्रकाशन गर्न सुझाव दिनुभयो । खोपसम्बन्धी तथ्याङ्कलाई विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरी सर्वसाधारणले सहज रूपमा बुझ्ने गरी जानकारी गराउन सके नगरपालिकाको खोप सेवाको समग्र अवस्था पहिचान गर्न र आगामी योजना निर्माण गर्न सहज हुने उहाँको भनाइ थियो ।
नगर प्रमुख प्रजापतिले खोपले सरुवा रोगको जोखिम न्यूनीकरण गर्नुका साथै नसर्ने रोगहरूको जोखिम घटाउनसमेत सहयोग पु¥याउने विषयमा जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यसम्बन्धी विषयमा सही र विश्वसनीय जानकारी प्रवाह गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीहरूको भएको उल्लेख गर्दै उहाँले कामको गुणस्तर राम्रो भए तथ्याङ्क पनि स्वतः सुधार हुँदै जाने बताउनुभयो ।
उहाँले नगरपालिकालाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउन सरसफाइको महत्वपूर्ण भूमिका रहेको बताउँदै सरसफाइले विभिन्न रोगको जोखिम घटाउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य समितिका संयोजक डा. रत्नसुन्दर लासिवाले भक्तपुर नगरपालिकामा सञ्चालित खोप सेवाबारे जानकारी दिँदै खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन र विभिन्न सङ्क्रामक रोगबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा आ.व. २०८२/८३ को खोपसम्बन्धी सूक्ष्म योजना तथा नगरपालिकाका सबै वडामा सञ्चालित खोप सेवाको समग्र अवस्थाबारे प्रस्तुतीकरण गरिएको थियो । साथै, कार्यक्रममा नियमित खोप सेवालाई थप प्रभावकारी बनाउने, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्ने, खोपसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने र सरसफाइ प्रवद्र्धन गर्ने विषयमा छलफल गरिएको थियो ।
Leave a Reply