भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोकामा रहेको पसलहरूमा अनुगमन भयो ।
अनुगमनमा शाख मार्ट २ वर्षका नवीकरण बाँकी भएकोले नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्री वितरण गर्न निर्देशन दिइयो ।
जय माता जी फ्रुट सेन्टरमा बासी सडेगलेको फलफूल बिक्री वितरण नगर्न निर्देशन दिइयो ।
जय सन्तोषी माँ फलफूल पसलको दर्ता कागजातदेखि ओखरको खरिद बिलसमेत नभएकोले कागजातसहित तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन, प्याकेजिङ सामान ओखरमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न र म्याद नाघेका केही सामानहरू नष्ट गरियो ।
त्यस्तै भक्तपुर मिनि मार्टमा पनि अनुगमन गरियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका राजन लिवी, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, उद्योग वाणिज्य सङ्घका विश्वनाथ मगजु, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, उद्योग–वाणिज्य तथा पर्यटन कार्यालयका लक्ष्मीप्रसाद कासुला, नगर प्रहरी एलिना न्हेम्हाफुकी र सुजन कुस्माको सहभागिता थियो ।
Leave a Reply