दसैँ
- आश्विन ३०, २०८३
ए देश जलाउनेहरू !
तिमीहरूको सात पुस्ता
नर्कमा जाने नै भयो ।
वासिङ मेसिनमा
कुनै पनि पाउडर राखेर
पखाले पनि
तिम्रो त्यो कालो दाग
अब कहिल्यै मेटिने छैन ।
‘दि ग्रेजोन’ छाया बनेर
तिमीलाई तर्साइरहनेछ ।
हेलिकप्टर भए पनि
अब तिमी भाग्न पाउने छैनौ ।
ए, बालुवाटार छोडेर
भाग्ने विश्वासघातीहरू !
ययेन्डे त राष्ट्रपति भवनमै
सहिद भए ।
सुकरात त विष पिउनुपरे पनि
आफ्नो दर्शनमा अडिग रहे ।
गङ्गालालहरू पनि सहिद भए ।
देशको मियोमा थियौ तिमी,
पुच्छर लुकाएर भाग्यौ किन ?
संविधान उल्लङ्घन गर्नेहरू,
बडो जुक्तिले बचाएको भनी
नाटक किन गर्छौ ?
(२०८३ असोज ३० गते)
Leave a Reply