रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, १३ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालमा भारतीय हस्तक्षेप नघटेको बताउनुभएको छ । बुधबार विभिन्न सञ्चारमाध्यमका संवाददाताहरूसँग समसामयिक राजनीतिक विषयवस्तुबारे कुराकानी गर्दै उहाँले भारतीय दूतावासले जिल्ला जिल्लाका प्रशासन कार्यालयका मुद्दाहरूमा समेत हस्तक्षेप गरिरहेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले चीन र भारतबीच सन्तुलित कूटनीतिक भूमिका निभाइरहेको प्रचार सत्य नभएको बताउँदै ओली सरकार नेपालमा भारतले गर्ने गरेका स–साना हस्तक्षेपसमेत रोक्न अक्षम भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले नेपाली काङ्ग्रेसले हिजोका दिनमा गल्ती, कमजोरी र लोभ पाप देखाएको हुनाले आज प्रतिपक्षको सशक्त भूमिका खेल्न नसकेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले वेस्ट मिनिस्टर प्रणालीमा प्रतिपक्षको भूमिका अझै सशक्त हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबारे टिप्पणी गर्दै उहाँले छिमेकी देश भएकोले नेपाल र चीनबीच भ्रमण आदानप्रदान हुनु स्वाभाविक भएको तर चीनले दिएको उपहार नेपालले थेग्न सक्ने–नसक्ने सोचनीय विषय भएको बताउनुभयो ।
उहाँले मित्र देशले दिएका उपहार सबै बेचेर खाने पुरानो प्रवृत्ति दोहोरिन नहुने धारणा राख्दै मागेरमात्र देश चलाउने चिन्तन शासक वर्गको पराधीन सोच भएको बताउनुभयो ।
Leave a Reply