अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मात्र चार जना नेपाली युवा लास बनेर फर्किए । मलेसिया र कतारबाट एक–एक र कुवेतबाट दुई वटा लास विमानस्थलको आगमन कक्षमा आइपुग्दा ती युवाहरूका आफन्तको रुवाबासीले त्यहा“को वातावरण भावविह्वल बन्यो । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको तथ्याड्ढअनुसार बितेका ९ वर्षको अवधिमा विभिन्न देशमा रोजगारी गर्न गएका ५ हजार ९ सय १२ जना नेपाली युवाले आफ्नो जीवन गुमाए । यसरी विदेशी भूमिमा विभिन्न कारणले मारिनेहरु अधिकांश गरीब र निम्न वर्गका परिवारका सदस्य हुन् । विदेशमा जान उनीहरूले कहीं न कहीं ऋणको जोहो गरेको वा भएकाले केही पुख्र्यौली सम्पत्ति बेचेरे विदेश गएका हुन्छन् । तर उनीहरू प्राणविहीन भएर फर्किंदा उनीहरूस“गै परिवारको पनि विचल्ली हुने गरेको छ ।
कुनै बेला विदेशमा भाडाको सिपाहीं बनेर जाने गरेका नेपालीहरू संसारका विभिन्न देशमा सस्तो ज्यामीको रुपमा सरकारले नै ‘निर्यात’ गर्न थालेको पनि दशकौं बितिसकेको छ । युवा जनशक्तिको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जा“दा नेपालको अर्थतन्त्रमा मात्र होइन, सामाजिक संरचनामा समेत ठूलो असर पारिरहेको छ । विश्वयुद्धको समयमा युरोपका अधिकांश महिला विधवा बन्दा त्यहा“को सामाजिक संरचना र समस्यामा ठूलो परिवर्तन आएको, युरोपेली संस्कृतिमा समेत ठूला प्रभाव पारेको इतिहास बोल्छ । आज विदेशमा सस्तो ज्यामी निर्यात गर्ने सरकारी नीतिका कारण नेपाली समाजमा पनि निकै गहिरो प्रभाव पारिरहेको छ । हरेक दिन औसतमा पा“च जना नेपाली युवाको लास नेपालमा फर्किरहेको छ । उनीहरूको परिवार कम्तीमा पा“च जनाको भए हरेक दिन कम्तीमा २५ जना नेपाली जनताको भविष्य उजाडिंदैछ । त्यसको अर्थ वार्षिक ९ हजार १ सय १२ जना नेपालीको जीवन बर्बाद भइरहेको छ ।
एकातिर नेपाली युवा जनशक्ति विदेशमा निर्यात हु“दा नेपालका उर्वर जग्गा जमिन बा“झो भएका छन् । नेपालका उद्योग कलकारखाना बन्द भइरहेका छन् । अर्कोतिर युवा जनशक्तिको निर्यातका कारण नेपाली समाजले आजसम्म कहिल्यै नदेखेका जटिल समस्या भोग्न परिरहेको छ । गाउ“मा बुढा बाबु आमा पाल्ने छोराछोरी त परको कुरा, लास बोक्ने बलियो पाखुरा भएका मानिसको समेत अभाव भइरहेको छ । तर सरकार भने आर्थिक समृद्धि र विकासको सस्तो नारा फलाक्नमै चित्त बुझाएर बसेको छ । काम गर्ने पाखुरा जति सबै विदेश धपाएर सरकारले खोजेको विकास कस्तो ? नेपाली युवालाई विदेशमा सस्तो ज्यामीको रुपमा पठाएर उत्तरमा चीन र दक्षिणमा भारतले नेपालको विकास गरोस् भन्ने सरकारको चाहना हो ? विदेशीलाई नै सबै विकासको जिम्मा दिने सरकारले देशको जिम्मा पनि विदेशीलाई नदिनेमा कसरी विश्वास गर्न सक्छौं ।
मरेर लास बनेका युवाहरूको मात्र होइन, अ·भ· र असाध्य रोग बोकेर देश फर्केका युवाहरूको अवस्थाले पारेको सामाजिक र आर्थिक प्रभावको लेखाजोखा गर्न बा“की नै छ । त्यस्तै विभिन्न अरब देशमा रोजगारी गर्न गएका युवाहरू आज त्यहाँ आफूलाई भनिएको रोजगारी नपाउ“दा वा अनेकन कारण अलपत्रमा परेका छन् । नेपाली चेलीबेटीहरूमाथि विदेशी भूमिमा भइरहेको अत्याचारको धेरै थरी समाचार आइरहेकै छन् । व्यवस्थापिका संसदको श्रम तथा परराष्ट्र समितिले एउटा प्रतिवेदनमा अरब देशमा नेपाली कामदारको अवस्था चित्रण गर्दै ‘खसी बोकाझैं बजारमा बेचिएको’ लेखेको छ ।
यस्तो अपमानजनक अवस्था भएर पनि नेपालले विदेशमा श्रम गर्न जाने नेपाली युवालाई स्वदेशमै किन रोजगारीको ग्यारेन्टी गर्न सक्दैन ? वर्तमान सरकार आफूलाई ‘वामपन्थी’ भनी निकै फलाक्दै हिंडेको सुन्छौं । विश्व पु“जीवादी बजारलाई सस्तो श्रमिक निर्यात गर्ने सरकार कसरी वामपन्थी हुन सक्छ ? त्रिभुवन विमानस्थलमा अझै पनि नेपाली कामदारको लास आउन र त्यही कारण नेपाली समाजको रुवाबासी र्रोिकएको छैन भने यो सरकार ‘वामपन्थी’ हुनसक्दैन । यो सरकारलाई अझै पनि विदेशमा काम गर्न जान बाध्य नेपाली युवाको पसिना र तिनका परिवारको आ“सुले पोल्दैन भने यो सरकार जनविरोधी सरकार नै प्रमाणित हुनेछ ।
Leave a Reply