विदेशी हस्तक्षेपले नेपाल सङ्कटग्रस्त
- कार्तिक १७, २०८३
अन्य प्रजातान्त्रिक देशहरूमा जस्तै नेपालमा पनि व्यापार, ठेक्कापट्टादेखि अन्य गम्भीर विषयहरूमा समेत सत्तासीन प्रधानमन्त्रीसँग साँठगाँठ र बिचौलियाको ‘ठुलो माछा’ जालमा परेको अनुमान बुद्धिजीवीहरूमा देखापरेको व्यापक चर्चा छ । समाचारहरू यसबारे खुला रूपमा आउनु आजको राम्रो पक्ष हो ।
१५ कार्तिक २०८३ को ‘नयाँ पत्रिका’ ले अग्रपृष्ठमै लेख्यो –‘न्यायाधीश बिचौलिया साँठगाँठ प्रकरण’, ‘महाअभियोगको तयारी’ ‘बिचौलिया इनम सापकोटासँग देखिएको न्यायाधीश हरिप्रसाद फुयालविरुद्ध रास्वपाले अभियोग प्रक्रिया अगाडि बढाउने ।’
‘अहिले मात्र होइन, विगतमा पनि मुद्दाका पक्षसँग हिमचिम हुन्थ्यो । न्यायाधीश फुयालको’, ‘सैनिक अधिकारीको एक मुद्दामा सेनाले प्रमाणसहित नै सर्वाेच्चमा बुझाएको थियो कागजपत्र ।’ ‘बिचौलिया सापकोटाले प्रधानमन्त्री बालेन र प्रधानन्यायाधीश शर्माको पनि नाम लिएका छन्, तर, नयाँ पत्रिकाले प्राप्त गरेको कागजपत्रमा उनीहरूसँग सापकोटाको प्रत्यक्ष सम्पर्क भएको’ र ‘फुयालका विवादास्पद फैसला’ ‘संवैधानिक इजलासलाई एकल इजलासको ‘अनौठो आदेश’ उपशीर्षकहरूमा ‘तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेको सिफारिसविरुद्ध परेको रिटमा उनले ‘क्षेत्राधिकार मिचेर’ आदेश दिएको भनेर संवैधानिक इजलासले टिप्पणी गरेको छ ।’ (नयाँ पत्रिका, १३ कार्तिक २०८३)
‘बिचौलिया सापकोटालाई एक पटक होइन, पटक–पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति’ भन्ने समाचारपत्रको उपशीर्षकले विषयलाई प्रस्ट पारेको अनुमान छ ।
१३ कार्तिक २०८३ कै ‘कान्तिपुर’ ले अग्रपृष्ठमै लेख्यो–‘इनमको ‘नक्सस’ मा थपिँदै उच्चपदस्थ, न्यायिक नेतृत्व पनि विवादमा ।’
उपशीर्षकअनुसार ‘११ असोजमा पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटासँग पूर्वप्रधानन्यायधीश, न्यायाधीश, प्रहरीका उच्च अधिकारी तथा थुनामा रहेका व्यक्तिहरूको ‘नक्सस’ सार्वजनिक भइसकेको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग लेनदेन र न्यायाधीश हरिकुमार फुयाँलसँग विचारधीन मुद्दाको विषयमा संवाद गरेको विवरण बिहीबार बाहिर आएको छ । थप न्यायाधीश, प्रहरी तथा सशस्त्रका उच्च अधिकारी, सांसद तथा उच्च तहका कर्मचारीसमेत सापकोटासँग सम्पर्कमा देखिएका छन् ।
तर, देशकै दुर्भाग्यको विषय हो – १३ कार्तिक २०८३ कै ‘कान्तिपुर’ मा प्रधानन्यायाधीश मनोजकुमार शर्माले भनेका थिए–‘जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन, ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन, मैले कहीँकतै भेटेको पनि छैन ।’
१८ कार्तिक २०८३ को ‘कान्तिपुर’ ले ‘इनम सापकोटाले लिएको राज्यसत्ताको परीक्षा शीर्षक र उपशीर्षकमा भनिएको छ, ‘खासै चर्चामा नरहेका एक व्यक्तिको गिरफ्तारीले प्रधानमन्त्रीको सचिवालय, सुरक्षा निकायका उच्च अधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशसम्म जोडिएको सञ्जाल उजागर गरेको छ । सार्वजनिक संस्थाहरूलाई प्रभावित पार्ने प्रयासबारे प्रश्न उठिरहेको बेला महाअभियोगको सम्भावनासँगै न्यायपालिका पनि कठघरामा परेको छ ।’
समाचारकै सिलसिलामा इनम सापकोटाको तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘प्रहरी उच्च स्रोतका अनुसार सापकोटालाई विमानस्थलबाट नियन्त्रणमा लिएपछि उनको मोबाइल १४ असोजको साँझ प्रधानमन्त्रीको भित्री वृत्तका व्यक्तिहरूले लिएर १६ असोज बिहान मात्र प्रहरीलाई दिएका थिए, त्यसपछि मात्र मोबाइल फरेन्सिक परीक्षणका लागि पठाइरहेको थियो ।’
यसरी प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको भित्री वृत्तका मानिसहरू अर्थात् मुख्य मुख्य नेताहरू नै देशको ऐन कानुन र हितको विरोधमा लागेपछि देश संग्लो रहला कसरी ? अनि आँखा गाडेका परचक्रीहरूलाई देशलाई ध्वंश पार्ने र आफ्नो हितमा प्रयोग गर्न केको बेर ¤?
प्रजातन्त्रमा जनप्रतिनिधिहरू कहाँ छन् ?
हो, प्रजातन्त्रमा राजनैतिक दलका जनप्रतिनिधिहरू गाडीका ड्रात्रजस्तै हुन् । राजनैतिक दलहरूकै उद्देश्य र शिक्षा–दीक्षा लिएर कार्यकर्ता र नेताहरू जनतामा जाने हुन् । तर, केन्द्रीय नेता र प्रधानमन्त्रीहरू नै अनेक काण्डमा मुछिँदै आएका छन् भने कार्यकर्ता कुन नैतिक बल र सिद्धान्त लिएर जनतामा जान उत्साही होलान् ¤ चरेश र गाँजाजस्ता पदार्थ नेपालको हिमाल, पहाड र तराईमा छन् । नेपालले त्यसलाई बन्द गर्ने तर नेपालमा भारतीय लागूपदार्थ र अमेरिकी गाँजा तस्करीको बाटो हुँदै सबभन्दा बढी भारत र नेपालमा पुगेको व्यापक प्रचारमा छ ।’
कुरा यहीँ टुङ्गिन्न, ५–६ मङ्सिरको ‘नागरिक’ले लेख्यो– ‘गाँजा तस्करमा जनप्रतिनिधिहरूकै साँठगाँठ’ ।
यसकारण, नेपाललाई एक सार्वभौमिक, असंलग्न र स्वतन्त्र देश बनाइराख्ने हो भने पहिले नेपालले शिक्षालाई आफ्नो देश सुहाउँदो बनाउनु आवश्यक छ । नेपाली बुद्धिजीवी समूहलाई भौतिक वस्तु ‘बिक्ने र बेच्ने वस्तु’ बनाउनुहुन्न ।
Leave a Reply