भर्खरै :

‘उल्टो रणनीति’ले जर्मनीमाथि विजय

कजान, २७ जून । दक्षिण कोरियाका प्रशिक्षक शिन ताए–योङले आफ्नो टोलीले बुधबार राति जर्मनीसँगको खेलमा ‘उल्टो रणनीति’ अङ्गालेकोले पूर्व विश्व विजेता जर्मनीमाथि विजय हासिल गर्न सम्भव भएको बताएका छन् ।
‘जर्मनीले के गल्ती गर्न सक्ला भनी मैले सोचें । जर्मनीले हामीमाथि विजय हासिल गर्ने सोच्ने मेरो विश्लेषण थियो । त्यसरी सोच्नु सबैको लागि स्वाभाविक हो । हामीले त्यही मनोविज्ञानलाई प्रयोग ग¥यौं । त्यसैको आधारमा हामीले उल्टो रणनीति अङ्गाल्यौं । त्यसैले उनीहरूको टाउकोमा किल्ला ठोकियो ।’, जर्मनीसँगको खेलमा जितेपछि आयोजित पत्रकार भेटघाटमा उनले भने ।
दक्षिण कोरियाले पूर्व विश्वबिजेता जर्मनीलाई २–० को गोलान्तरले पराजित गरेको थियो । विश्वकपमा दक्षिण कोरिया र जर्मनीबीच प्रतिस्पर्धा भएको यो तेस्रो खेल हो । यसअघिका दुवै खेल भने जर्मनीले जितेको थियो ।
प्रशिक्षक शिनले खेल हुनुपूर्व आफूले जित्ने एक प्रतिशतमात्र सम्भावना भएको बताएको पनि खुलाए ।
‘मैले मेरा खेलाडीहरूलाई जर्मनीको निम्ति यो अन्तिम मौका हो । त्यसकारण उनीहरूले मरेर खेल्ने भनेको थिएँ ।’, शिनले भने ।
‘हो मैले हिजो बल जर्मनीकै नियन्त्रणमा रहने भनेको थिएँ । तर हामीले पनि अवसर भने पाउने पक्का थियो । हाम्रो प्रतिद्वन्द्वीलाई हामीलाई भन्दा बढी जितको खाँचो थियो । त्यसकारण हामीलाई आउने केही अवसर भने हामीले छोपिहाल्नुपर्दछ भनेको थिएँ । आखिरमा त्यही रणनीतिले काम ग¥यो ।’, उनले भने ।
जर्मनीको विजयबारे बोल्दै उनले भने,‘मलाई निकै खुशी र केही हदमा रित्तो रित्तो जस्तो महसुस भएको छ ।’
विश्व च्याम्पियनमाथि जित हासिल गरेर पनि दक्षिण कोरिया अर्को चरणमा भने प्रवेश गर्न पाएन ।
शिनले दक्षिण कोरिया र जर्मनीबीचको खेलको समापन हुनुभन्दा अघि आफूले अर्को खेलमा स्वीडेनले मेक्सिको पराजित भएको खबर नसुनेको बताए ।
अन्तिममा जर्मनीमाथि विजय हासिल गरेर दक्षिण कोरियाली टोली रुस विश्व कपको यात्रा अन्त्य गरेको छ । तर प्रशिक्षक शिनले दक्षिण कोरियाली टोलीको भविष्य राम्रो हुनेमा आशा भने प्रकट गरे ।
‘हामीले खेलहरूको समीक्षा गर्नेछौं र अझ मिहिनेत गर्नेछौं ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *