भर्खरै :

विश्वमा अझै धेरै महिला सांसद आवश्यक

संयुक्त राष्ट्रसंघ, १६ असार (सिन्ह्वा) । विश्वमा अझै धेरै महिला सांसदको आवश्यकता रहेकोमा राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुथ्रेसले जोड दिनुभएको छ ।
हरेक वर्ष आजकै दिन अर्थात् जुन ३० मा मनाइने विश्व संसद्वादको सन्दर्भमा दिनुभएको सन्देशमा उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले उक्त सन्देशमा भन्नुभएको छ, “अझै पनि विश्वका संसद्मा पुरुष सांसदकै बाहुल्यता रहेको छ, ती स्थानमा अब बढीभन्दा बढी महिला सांसद हुनु जरुरी छ, यसबाट मात्र विश्वमा महिलाको वर्तमान अवस्थामा सकारात्मक परिवर्तन हुनेछ ।
राजनीतिमा महिला सहभागिताको अवस्था बढेको छ, सङ्ख्यात्मक रुपमा हेर्दा यसको अवस्था सन्तोषजनक पनि देखिन्छ तर पनि यसले संसद्मा महिलाको सहभागिता बढाउन भने सकेको छैन ।
उक्त सन्देशमा उहाँले भन्नुभएको छ, “यो नयाँँ दिवस, संसद्वाद दिवस मनाइरहँदा मैले के अनुरोध गर्न चाहन्छु भने तपाईं सांसदले आ–आफ्नो देशको संसद्मा जनताका कुरा उठाउनुहोस र जनताले भोगेका समस्याको समाधान गरी उनीहरूका जिवनशैलीलाई बढी सहज बनाउने पक्षमा नीति निर्माण गर्नुहोस् ।
सो सन्देशमा उहाँले भन्नुभएको छ, “म आफै पनि सांसद थिएँ र यसको अनुभवको आधारमा म के भन्छु भने संसद् नै त्यस देशको शासन व्यवस्थालाई प्रजातान्त्रिक बनाउन सांसदको ठूलो हात हुन्छ ।”
उहाँले संसद् नै प्रजान्तत्र, शान्ति, मानवअधिकारको संरक्षण र देशको विकासका लागि सबैभन्दा ठूलो आधारका रुपमा रहने धारणा पनि उहाँले राख्नुभयो ।
महासचिव गुथ्रेसले राष्ट्रसंघद्वारा लक्षित दिगो विकासका कार्यक्रम पूरा गर्ने पक्षमा संसद्मा कामगर्न पनि संसद्लाई आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्रसंघले पहिलो पटक यो दिवस जुन ३० मा मनाउने निर्णय गरेको हो ।
यस दिवसका दिन विश्वमा संसदीय प्रजातन्त्रको अवस्था, यसको सुधारका पक्षका साथै संसद्ीय प्रतिनिधित्वको बारेमा विचार विमर्श हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *