भर्खरै :

भक्तपुर अस्पताल ११४ वर्षमा

मन्त्री भन्छन्–पैसा नभएर मान्छे मरे राज्य असफल
भक्तपुर, १७ असार । भक्तपुर अस्पतालको ११४ औं वार्षिकोत्सव आइतबार एक समारोहबीच सम्पन्न भयो ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पानसमा द्वीप प्रज्वलन गरी वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले आर्थिक अभावकै कारण कोही नेपालीले ज्यान गुमाए राज्य असफल भएको मानिने बताउनुभयो । उहा“ले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सबै तहका सरकारले प्राथमिकता दिन सके अरू क्षेत्रमा क्रमशः सुधार हु“दै जाने विचार राख्नुभयो ।
मन्त्री यादवले भक्तपुर अस्पतालमा नयाँ एम्बुलेन्स बन्दोबस्त गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहा“ले स्थानीय, प्रदेश र सङ्घीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी जनपक्षीय स्वास्थ्य नीति बनाउन आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यले उदार अर्थनीति अंगीकार गरेस“गै निजी अस्पतालहरू स्थापना हु“दा सरकारी अस्पतालमा सरकारकै ध्यान नपुगेको बताउनुभयो ।
उहा“ले संविधानको मौलिक हकअन्तर्गत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने बन्दोबस्त भएकाले सरकारी र निजी दुवै अस्पतालमा त्यसको उचित बन्दोबस्त हुनुपर्ने विचार राख्नुभयो ।
सरकारी अस्पतालमा भौतिक पूर्वाधार भए पनि उचित तरिकाबाट सञ्चालनमा नल्याइएकोले विरामीले दुःख पाएकोप्रति सड्ढेत गर्दै उहा“ले भन्नुभयो,‘साधन स्रोत र भौतिक संरचनामात्र भएर पनि हु“दैन । तिनलाई व्यवस्थित परिचालनमा पनि ध्यान दिइन जरुरी छ ।’
प्रमुख प्रजापतिले सरकारी अस्पताल नै गरिब नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर अस्पताललाई ‘रिफर सेन्टर’मात्र नबनाई सुविधासम्पन्न अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका नवराज गेलाल, मेडिकल सुपरिटेन्डेन्ट सुधा देवाकोटा र विवेक पौडेललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *