साम्राज्यवादीहरूको छद्म युद्ध अध्ययन – ७
- कार्तिक २५, २०८२
हेटौंडा, १७ असार । प्रदेश नं ३ को प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल चालु छ । सो क्रममा आइतबार भएको छलफलमा बोल्दै नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना सैंजूले प्र्रत्येक मन्त्रालयको शीर्षकहरू सेवा सुविधा, सवारी साधन, मसलन्द खर्च, विविध कार्यक्रम, सेमिनार, गोष्ठी, अध्ययन, तालिम, भ्रमणको लागि आवश्यकताभन्दा बढी बजेट विनियोजन भएकोमा भन्दै बजेट अनुत्पादक क्षेत्रमा केन्द्रित भएको प्रष्ट पार्नुभयो ।
उहाँले शिक्षालाई उत्पादन श्रमसँग जोड्ने योजना नबनेसम्म निःशुल्क, अनिवार्य शिक्षाको प्रावधान नल्याएसम्म स्वरोजगारको कुरा आफ्ना कार्यकर्तालाई रकम बाँड्ने उपाय मात्र हुने बताउनुभयो ।
सभासद् सैंजूले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट छलछामले भरिएको भन्दै छलछामको बजेट ल्याउने सरकार कम्युनिष्ट हुन नसक्ने बताउनुभयो ।
उहाँले विनियोजन विधेयकलाई समाजवादउन्मुख नाम दिनु कानोको नाम नेत्रविक्रम भनेजस्तो हुने बताउनुभयो ।
Leave a Reply