भर्खरै :

मेक्सिकोमा ‘वामपन्थी’ सरकार

मेक्सिको सिटी, २ जून । मेक्सिकोमा ‘वामपन्थी’ पार्टी एएमएलओका एन्ड्रेस मानुएल लोपेज ओबराडोर राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले ५३ प्रतिशतभन्दा बढी मत हासिल गरेर सो पदमा निर्वाचित भएका हुन् ।
यसअघि सत्तासीन संस्थागत क्रान्तिकारी पार्टी पीआरआईका उम्मेद्वार जोसे एन्टिोनियो मेडेले तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो स्थानमा नेशनल एक्सन पार्टीका उम्मेद्वार रिकार्डो अनया छन् ।
मेक्सिकोको निर्वाचन आयोगको प्रारम्भिक वक्तव्यअनुसार आफ्नो विजय पक्का भएपश्चात राजधानी मेक्सिको सिटीको हिल्टन होटलमा आफ्ना समर्थकहरूसामू बोल्दै भ्रष्टाचारको विरोधमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भ्रष्टाचारको विरोध गर्दा आफ्नै नजिकका मानिस परे पनि नछोड्ने समेत घोषणा गरे ।
‘हामीले थाल्ने रुपान्तरण आधारभूत रुपमा हाम्रो देशमा व्याप्त भ्रष्टाचारको विरोधबाट हुनेछ । हामीलाई यसो गर्दा कुन समस्या हुनेछैन किनभने हामी मेक्सिकाली जनता महान सभ्यताबाट हुर्केका हौं । भ्रष्टाचार हाम्रो सांस्कृतिक व्यवहार होइन । बरु राजनीतिक प्रणालीको दोष हो ।’, उनले भने ।
ओबराडोर संलग्न पार्टी एएमएलओ लामो समयदेखि भ्रष्टाचारको विरोधमा राजनीतिक अभियान गर्दै आएको पार्टी हो । उनले कानुनी व्यवस्थाभित्र रहेर गहिरो सुधारका गतिविधि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘व्यवसाय गर्न पाउने, अभिव्यक्ति र आस्थाको स्वतन्त्रतामा कुनै फरक पर्नेछैन । हरेक व्यक्ति र समाजलाई त्यसको ग्यारेन्टी दिइनेछ ।’, केन्द्रीय बैड्ढलाई राष्ट्रकरण नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने ।
बसाईसराईको सन्दर्भमा बोल्दै उनले मेक्सिकोको आन्तरिक बजारलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आन्तरिक उपभोगितालाई बिस्तार गर्ने बताए । मेक्सिकाली जनतालाई आफ्नै देशमा बस्न, काम गर्न र खुशी बनाउन सक्ने वातावरण तयार गर्ने उनले घोषणा गरे ।
‘जो कोहीले पनि बसाईसराई गर्न चाहे त्यो उसको रहरले होस् बरु बाध्यताले नहोस् ।’, उनको भनाई छ ।
हिल्टन होटेलबाट उनी सिधै इल जोकोला चोकमा गएका थिए । त्यहा“ उनका दसौं हजार समर्थकहरू उनको प्रतिक्षामा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *