“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, १९ असार । जिल्ला अदालत भक्तपुरले बोडेको ऐतिहासिक पलेस्वाँः पोखरीलाई सार्वजनिक ठहर गरेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मङ्गलबार सो फैसला गरेको हो ।
कमल पोखरी व्यक्तिको नाउँमा दर्ता भएपछि कमलपोखरी संरक्षण समिति बोडेले सो पोखरी सार्वजनिक गर्नुपर्ने माग राख्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
मध्यपुर थिमी नपा वडा नं. ८ स्थिति बोडेको लाय्कूमा रहेको उक्त पोखरीको क्षेत्रफल १५ रोपनी ९ आना रहेको छ । पहिलेदेखि पोखरीको रुपमा रहेको सो पर्ती जग्गालाई व्यक्तिले आफ्नो नाउँमा दर्ता गरेपछि स्थानीय जनता विरोधमा उत्रेका थिए ।
अदालतले कमलपोखरी सार्वजनिक भएको फैसला गरेपछि बोडेका जनताले हर्षाेल्लासमा बाजागाजासहित ¥याली गरेका थिए । ¥यालीमा हजारौं जनताको उपस्थिति थियो ।
Leave a Reply