पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२
– के होङ्गल्याङ्ग
जून महिनामा चीनका विदेशमन्त्री तथा राज्य परिषद् सदस्य वाङ यीले बेइजिङमा म्यानमारका राज्य परिषद् कार्यालयका मन्त्री ऊ क्वाउ टिन्ट स्वे र बङलादेशका विदेशमन्त्री ए एच मोहमुद अलीसँग भेटे । त्रिपक्षीय बैठकमा तीनै पक्षले रोहिन्ग्या विषय समाधानको लागि खुलेर आ–आफ्ना धारणा राखे । बैठकमा तीनै पक्षले चार बुँदे सहमतिमा हस्ताक्षर गरे ।
रोहिन्ग्या विषय समाधानका लागि चीनले अघि सारेको तीन चरणको प्रस्तावको निरन्तरताकै रुपमा तीन देशबीच साझा समझदारी भएको थियो । म्यानमार र बङलादेशले पनि स्वीकारेको सो प्रस्ताव रोहिन्ग्या द्वन्द्व समाधानको लागि रचनात्मक भूमिका निभाउनमा केन्द्रित छ ।
अहिले म्यानमार र बङलादेश दोस्रो चरणमा काम गरिरहेको छ । दुवै देश शरणार्थी प्रमाणिकरण गर्न र स्वीकार्न सहमत भएका छन् । तर पश्चिमा देशको दबाब र राखिने प्रान्तको अवस्थामा विद्यमान जटिलताका कारण दुवै देशले यो काममा सन्तोषजनक प्रगति गर्न सकेका छैनन् ।
रोहिन्ग्या विषय जटिल विषय हो र त्यसको समाधान पनि चुनौतीपूर्ण छ । सबैभन्दा पहिलो काम भनेको म्यानमारको राखिने प्रान्तमा सुरक्षाको बन्दोबस्त गर्नु हो । त्यहाँ शान्ति र सुव्यवस्था पुनस्र्थापना गरिनुपर्दछ । दोस्रो काम रोहिन्ग्या शरणार्थीलाई पुनस्र्थापना गर्न स्वीकार्य समाधान निकाल्नुपर्दछ । अनि दिर्घकालीन रुपमा रोहिन्ग्या विषयको समाधान खोज्नेमा लाग्नुपर्दछ । राखिने प्रान्तमा विभिन्न आदिबासी समूहबीचको द्वन्द्वको मूल कारणको निर्मूलन गरिनुपर्दछ ।
यस परिस्थितिमा चीनको तीन चरणको प्रस्तावले मुख्यतः रोहिन्ग्या विषयको समाधान गर्नुपर्दछ । पहिलो चरणअन्तर्गत स्थायित्वको पुनस्र्थापना र स्थानीय जनतालाई सुरक्षित वातावरण निर्माण गर्न युद्धविराम र सामाजिक सुव्यवस्था कायम गर्नुपर्दछ । रोहिन्ग्याहरू देशबाहिर जानुपर्नाको प्रत्यक्ष कारण भनेको राखिने प्रान्तमा व्याप्त अस्थिरता र असुरक्षा नै हो ।
दोस्रो चरणमा बङलादेश र म्यानमारलाई शरणार्थीहरूको परीक्षण, फिर्ती र स्वीकारबारे उपयुक्त उपायको सम्बन्धमा वार्ता गर्न उत्साहित गरिनुपर्दछ । त्यसको निम्ति अन्तर्राष्ट्रिय समुदायको भूमिका सहजकर्ताको हुनुपर्दछ ।
सबैभन्दा जटिल तेस्रो चरणमा रोहिन्ग्या सड्ढटको मूल कारणको उन्मूलन गर्नुपर्दछ । त्यो क्षेत्रको विकास सुनिश्चित गर्नुले नै मूल कारणको उन्मुलन हुन सक्छ । रोहिन्ग्या सड्ढट राखिने प्रान्तको गरिबीसँग नजिक रुपमा गाँसिएको छ । त्यहाँका विभिन्न आदिबासी जनताबीच स्रोतहरूको लागि प्रतिस्पर्धासँग पनि यो सड्ढट जोडिएको छ । त्यसकारण त्यहाँको विकास नै यसको समाधान हो ।
तेस्रो चरणको समाधानको कार्यान्वयनका लागि म्यानमार र बङलादेशबीच वार्ता हुन आवश्यक छ । यो समाधान प्रक्रियासँग मात्र जोडिएको छैन बरु त्यसले अन्तर्राष्ट्रिय समुदायको भूमिकालाई पनि प्रष्ट बनाएको छ ।
तीन देश भएको सहमतिका चार बुँदाअन्तर्गत निम्न कुरा छन्ः हिंसा अन्त्य–शरणार्थी फिर्ता–विकासमार्फत राखिने प्रान्तको अवस्थामा तत्काल सुधार ल्याउने, यो चरणअन्तर्गत बङलादेशबाट शरणार्थीहरूलाई म्यानमार फिर्ता गर्नु पहिलो प्राथमिकतामा पर्दछ । शरणार्थी फिर्ता गर्न मूर्त र स्पष्ट मापदण्ड बनाइनुपर्दछ । दुवै देशको चाहनाअनुसार चीनले समाधानको लागि सहयोग गर्नेछ । आकस्मिक सहयोग र पुननिर्माणमा पनि चीनले सहयोग उपलब्ध गराउनेछ । म्यानमार र बङलादेशबीच को सिमानामा आपसी सहकार्य बलियो बनाउने छ । साथै स्थानीय जनताको जीवनस्तर उठाउन काम गर्नेछ ।’
यीमध्ये पनि हिंसा रोक्ने–शरणार्थी फिर्ती–विकासको तीन चरणको योजनालाई जोड दिंदै यसमा म्यानमार र बङलादेशबीचको सहमतिलाई चालू राख्ने उल्लेख गरिएको छ ।
चीन यो प्रक्रियाको मूकदर्शक बन्ने छैन । बरु प्रस्टतः आकस्मिक सहायता उपलब्ध गराउन तथा पुनर्निर्माणमा सहयोग गर्नेछ । छिमेकी देश म्यानमार र बङलादेशको लागि चीनले खेल्न सक्ने भूमिका यही हो । यसबाट बेइजिङ अन्तर्राष्ट्रिय मामिलालाई आफ्नो जिम्मेवारीको रुपमा लिई काँध थप्न तयार भएको देखिएको छ ।
अहिले म्यानमार र बङलादेश दोस्रो चरणमा काम गरिरहेको छ । दुवै देश शरणार्थी प्रमाणिकरण गर्न र स्वीकार्न सहमत भएका छन् । तर पश्चिमा देशको दबाब र राखिने प्रान्तको अवस्थामा विद्यमान जटिलताका कारण दुवै देशले यो काममा सन्तोषजनक प्रगति गर्न सकेका छैनन् ।
चार बुँदे सहमतिको कार्यान्वयनमा प्राप्त हुने उपलब्धिले राखिने मामिलाको विकासक्रममा महत्वपूर्ण असर गर्नेछ । तिनको सफलतापूर्वक कार्यान्वयनले म्यानमार र बङलादेशले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने मानवीय सहायता र नैतिक समर्थन निर्भर रहनेछ । तर अन्तर्राष्ट्रिय समुदायले पनि राखिने मामिला समाधानमा जटिलता रहेको र यसको लागि समय लाग्ने सत्यलाई स्वीकार्नुपर्दछ । त्यही अनुसार आवश्यक सहयोग पनि गर्नुपर्दछ ।
लेखक क्वाङसी जनजाति विश्वविद्यालयअन्तर्गत आसियन कलेजको चाहर प्रतिष्ठानका अनुसन्धानकर्ता हुन् ।
ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply