भर्खरै :

जापानीको आँसु

टोकियो, ३ जुलाई । म·लबार जापानी दर्शकका लागि त्यत्ति सजिलो रहेन । बेल्जियम र जापानबीच भएको खेलमा जापानी फ्यानहरू निकै चिच्याए । खुसीले नाचे । तर उनीहरूको खुशी लामो समय टिकेन ।
खेलको ४८ मिनेटमा जापानले पहिलो गोल ग¥यो । उनीहरूले आफ्नो अग्रता दुई मिनेट पछि अझ बढाए, दोस्रो गोल गरे । जापानीहरूको खुट्टा भुईमा रहेन । निकै रमाए । रुसको र·शालामा मात्र होइन, जापानभरि विश्वकप हेरिरहेका जापानीहरू खुसीले नाचे ।
६९ औं मिनेटमा बेल्जियमका जान भेर्टोन्घानले अर्को गोल गरे । पाँच मिनेटपछि बेल्जियमले अर्को गोल हान्यो । तर जापानी टोलीले अर्को गोल हान्न सकेन । ९४ औं मिनेटमा बेल्जियमको अर्को एउटा गोलले भने जापानीको खुशीमा पानी पोखियो । खुसी आँसुमा बदलियो । भावविभोर जापानी समर्थकहरूले एकअर्कालाई अंगालोमा बेरेर सान्त्वना दिए । आँसुको बाढी उराल्र्दै उनीहरू चिच्याउँदै थिए,‘गानबारे निप्पोन ¤’

Leave a Reply

Your email address will not be published. Required fields are marked *