नगर प्रमुख प्रजापतिसहितको टोलीलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवद्वारा स्वागत
- कार्तिक १९, २०८२
काठमाडौं, २५ असार । राज्य संयन्त्र स्वयं दमनकारी र अधिनायकवादी हुन्छ । हिजो राजाको अधिनायकवाद थियो । अहिले निर्वाचित राजाहरूको अधिनायकवाद छ । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा मात्र राज्य आवश्यक नहुने र अधिनायकवाद अन्त्य हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको बैठकमा डा.गोविन्द केसीको जुम्लामा आमरण अनसन र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे नेकाका सांसद दिलेन्द्र बडुले पेश गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा उक्त कुरा बताउनुभएको हो ।
छलफलमा नेकाले सत्ता पक्ष एमाले र माओवादीलाई अधिनायकवादी र सत्ता पक्षले सो प्रस्ताव पेश गर्ने प्रमुख प्रतिपक्ष नेकालाई अधिनायकवादी भनी आरोप प्रत्यारोप लगाएका थिए ।
सांसद सुवालले २०४६ सालपछि सरकारको नेतृत्व गर्ने पार्टीहरूको नाम फरक भए पनि काम उही भएको र आधारभूत भिन्नता नभएको उल्लेख गर्दै एमाले, माओवादी केन्द्र र नेकाले समाजवादउन्मुख शब्दावलीलाई देखाउने दाँत बनाएको स्पष्ट गर्नुभयो ।
उहाँले शिक्षा विषय संविधानको सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेको उल्लेख गर्दै शिक्षाअन्तर्गत विश्वविद्यालय
पनि पर्ने स्पष्ट पार्नुभयो ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षीका सांसदहरूले प्रदेश विश्वविद्यालयको मात्र प्रस· उठाएको हुँदा सांसद सुवालले स्थानीय तहअन्तर्गत पनि विश्वविद्यालय सञ्चालन हुनुपर्ने बताउनुभयो ।
विश्व स्वास्थ्य स·ठनले एक हजार मानिस बराबर एक डाक्टर हुनुपर्ने मापदण्ड बनाएको तर नेपालमा चौबीस हजार बराबर एक डाक्टरमात्र रहेको उल्लेख गर्दै सांसद सुवालले वार्षिक पाँच हजारभन्दा बढी विद्यार्थीले डाक्टर पढ्न आवेदन दिए पनि नेपालमा निजी मेडिकल कलेज समेतमा चौबीस सयमात्र कोटा रहेको तथ्याड्ढ प्रस्तुत गर्नुभयो ।
संविधानको धारा ३१ को शिक्षासम्बन्धी हक र धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको प्रावधानले शिक्षा र स्वास्थ्य निःशुल्क हुने उल्लेख गर्दै उहाँले जनतालाई विश्वासघात नगर्ने सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सत्ता राजनीतिले अर्थतन्त्रको काला पक्षलाई पोषण गरेको र नियम कानुन बनाउने थलो नै नाफाखोर र माफियाहरूको चङ्गुलमा फसेको तथा सरकारको नियतमा इमानदारी र इच्छाशक्तिको खाँचो भएको समाचार उल्लेख गर्दै सांसद सुवालले मेडिकल शिक्षा निःशुल्क गर्ने प्रस्ताव र विधेयकलाई नेपाल मजदुर किसान पार्टीको समर्थन हुने स्पष्ट पार्नुभयो ।
नेकाका केही सांसदले एमाले र माओवादी केन्द्रको ओली सरकारलाई किम ज· उनजस्तो अधिनायकवादी बन्न खोजेको बताएकोलाई खण्डन गर्दै सांसद सुवालले प्रजग कोरियाका नेता किम जङ्ग उनको नेतृत्वमा शिक्षा स्वास्थ्य निःशुल्क व्यवस्था भएको तर नेपालमा कुनै पनि सरकारले शिक्षा स्वास्थ्य निःशुल्क गर्ने नीति र कानुन नबनाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – एमाले, माओवादी र नेकाको सरकार नै अधिनायकवादी भएको नेपाली जनताको अनुभूति हो । उहाँले मित्र देशहरूबारे सत्यतथ्य जानकारी लिएरमात्र बोल्नु उपयुक्त हुने बताउनुभयो ।
बैठकमा सभामुख महराले एमाले, माओवादी केन्द्र, नेका, राजपा र फोरम सम्मिलित संसदीय सुनुवाइ समितिको नामावलीबारे जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक असार २८ गते दिउँसो १ बजे बस्नेछ ।
Leave a Reply