लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
अविन दुलाल
अर्जेन्टिनाका फूटबल दिग्गज डिएगो अर्मान्डो माराडोना विभिन्न कारणले बेलाबेलामा चर्चामा आइरहन्छन् । रुस विश्व कपमा पनि उनको चर्चा कम रहेन । उनी कहिले आफ्ना केही टिप्पणीका कारण चर्चामा आए भने कहिले खेल हेर्दा हेर्दै उत्तेजित ह“ुदा अस्पताल दौडाउनु परेको समाचारका कारण संसारभरका खेलप्रेमीहरूबीच चासोको विषय बने । ल्याटिन अमेरिकी देशहरूमा निकै लोकप्रिय मानिएको टेलिसुर टीभीमा त उनले विश्व कप अवधिभर फूटबलसम्बन्धि विशेष कार्यक्रम नै सञ्चालन गरेका थिए । त्यसकारण त्यहा“ उनको लोकप्रियता चुलीमा पुगेको थियो ।
माराडोनाले चार पटकको विश्व कपमा अर्जेन्टिनाको नेतृत्व गरेका थिए । उनी सन् १९८२, १९८६, १९९० र १९९४ को विश्व कपमा अर्जेन्टिनाका कप्तान थिए । इतिहासमा अर्जेन्टिनाले दुई पटक विश्व कप उचालेको छ । सन् १९८६ मा दोस्रो पटक अर्जेन्टिनाले विश्व कप उचालेको थियो । मेक्सिकोमा भएको सो प्रतियोगितामा पश्चिम जर्मनीलाई पराजित गरेर अर्जेन्टिनाले विश्व कप उचालेको थियो । त्यत्ति बेला माराडोना अर्जेन्टिनेली टोलीको कप्तान मात्र थिएनन्, बरु उनी निकै प्रभावशाली खेलाडी पनि थिए । त्यो विश्व कपको शुरुदेखि नै माराडोनाको दबदबा थियो । त्यसपछिका विश्व कपमा उनको बलियो उपस्थिति भए पनि विश्व कप नै भने जितेनन् । उनी अर्जेन्टिनेली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक समेत बनेर योगदान गरिसकेका छन् ।
खेल माराडोनाको समग्र व्यक्तित्वको बलियो पाटो भए पनि ल्याटिन अमेरिकामा उनले अंगिकार गरेको राजनीतिक विचारधाराका कारण पनि माराडोना लोकप्रिय मानिन्छन् । उनले साम्राज्यवादको विरोधमा उभिने र न्याय तथा समानताको पक्षमा लड्ने सरकारको पक्षमा खुलेरै समर्थन गर्ने गर्दै आएका छन् ।
अर्जेन्टिनाका क्रान्तिकारी नायक चे ग्वेभारा उनका आदर्श व्यक्ति हुन् । उनले आफ्नो पाखुरामा चेको मुखाकृति खोपेका छन् । अनि एउटा पिडौंलामा क्युवाका क्रान्तिकारी नायक फिडेल क्यास्ट्रोको मुखाकृति खोपेका छन् । उनी समाजवादी देश क्युवाका मित्र हुन् र बरोबर क्युवा गइरहन्छन् । फिडेल क्यास्ट्रो जीवित हु“दा उनी बरोबर उनीस“ग भेटेर विभिन्न विषयमा कुराकानी गरिरहन्थे । फिडेलस“ग निकटको स·तले माराडोनालाई पनि नवउदार अर्थतन्त्र र बन्दोबस्तको कडा आलोचक बनाएको थियो ।
माराडोनाले अंगालेको राजनीतिक विचारका कारण उनले धेरै आलोचक पनि कमाए । तर उनी आफ्नो आदर्शमा कति पनि र कहिल्यै पनि धरमर भएनन् । फिडेलले एक पल्ट उनलाई भनेका थिए,‘विचारको मामिलामा सम्झौता हुन सक्दैन ।’
माराडोना पहिलो पटक सन् १९८७ मा क्युवा गएका थिए । मेक्सिकोमा विश्व कप जितेपछि उनी क्युवा पुगेका थिए । पहिलो भेटबाटै फिडेल र माराडोनाबीच बलियो मित्रता बसेको थियो । त्यसपछि धेरै पटक माराडोनाले क्युवाली टापुको भ्रमण गरे ।
माराडोना क्युवा र क्युवाली नीतिका दरिलो समर्थक र रक्षक थिए । उनी फिडेल र क्युवाली क्रान्तिप्रति निकै प्रभावित थिए ।
सन् २००० मा माराडोना लागु औषधको उपचार गराईरहेका थिए–ला पाड्रेरा क्लिनिकमा । उनी पुनस्र्थापनाको लागि सङ्घर्ष गरिरहेका थिए । त्यही बेला फिडेलले माराडोनालाई क्युवामा आमन्त्रण गरे । त्यसको पा“च वर्षमा माराडोना सामान्य जीवनमा फर्के । अनि उनी फिडेललाई भेट्न गए र आफ्नो टीभी सोको लागि अन्तर्वार्ता लिए । क्युवाको राष्ट्रपति भवनमा लिइएको सो अन्तर्वार्ता पा“च घण्टा लामो थियो ।
फिडेलको निधन हु“दा माराडोना क्रोएसियामा थिए । त्यहा“ उनी अर्जेन्टिनेली टिमको खेलमा सघाइरहेका थिए । खेललगत्तै उनी क्युवा गएर फिडेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । ‘उनी मेरोलाई पिता समान छन्…अर्जेन्टिनाले मेरोलागि ढोका बन्द गर्न खोजेको बेलामा उनले मेरो लागि क्युवाको ढोका खोलेका थिए ।’, माराडोनाले त्यत्तिबेला भनेका थिए ।
‘हिजो राति उनका निधनको खबर सुनेर म निकै रोए“ । आज उनी हामीबाट विदा भए तर चेले जस्तै, चाभेजले जस्तै उनले पनि हामीलाई सधैं मार्गनिर्देशन गरिरहनेछन् । हामीलाई स्वर्गसम्म लान सक्ने मानिस आज स्वर्ग प्रस्थान गरे ।’, माराडोनाका शब्द ।
क्युवामा सामाजिक न्यायको लागि भएको सङ्घर्षले माराडोनालाई आकर्षित गरेको थियो, त्यस्तै सामाजिक आन्दोलन ल्याटिन अमेरिकाका अरु देशमा पनि भइरहेका थिए । त्यस्तै सङ्घर्षले उनलाई आकर्षित गरेको थियो ।
माराडोना भेनेजुयलाको बोलिभारियाली क्रान्तिबाट प्रभावित थिए । उनी धेरै पटक भेनेजुयला पुगेका थिए । उनले त्यहाँ बोलिभियाका इभो मोरालेस र ब्राजिलका लुला दा सिल्भास“ग भेटेका थिए । माराडोना भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजका पनि नजिकका मित्र थिए । उनी चाभेजले भेनेजुयलामा गरेको सामाजिक क्रान्तिका समर्थक थिए ।
चाभेजको निधन हु“दा माराडोना उनको समाधिसम्म पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनीस“ग थिए– भेनेजुयलाका वर्तमान राष्ट्रपति निकोलस माडुरो ।
माडुरोस“ग पनि उनको मित्रता झाङ्गिंदै गयो । माराडोनाले बोलिभारियाली भेनेजुयाली सरकारप्रति निशर्त समर्थन व्यक्त गर्दै आएका छन् ।
माराडोनाले चाभेजको बारेमा भनेका थिए,‘चाभेजले हामीलाई एउटा महान मित्रता छोडेर बिदा भए । अथाह राजनीतिक ज्ञान दिएर गए । ह्युगो चाभेजले ल्याटिन अमेरिकाको सोच्ने शैलीमा परिवर्तन ल्याइदिए । हामी सधैं संरा अमेरिकासामू झुक्दै आएका थियौं । चाभेजले हामीलाई आफ्नै खुट्टामा उभिन सिकाए ।’, माराडोनाले चाभेजप्रति श्रद्धा व्यक्त गर्दै भने ।
चाभेजको निधनपश्चात नवोदित राष्ट्रपति माडुरोका प्रतिकूलभन्दा प्रतिकूल परिस्थितिमा पनि माराडोनाले बोलिभारियाली क्रान्तिप्रतिको समर्थन लुलो बनाएनन् ।
‘हरेस नखानु । फूटबलमा तीन–शुन्यको गोलअन्तरमा पराजित भए पनि केही फरक पर्दैन । तर कहिल्यै हरेस नखानु । तिमीले कहिल्यै हरेस खाएनौ र तिमीले भेनेजुयाली जनताप्रति धेरै कुरा दिइरहेका छौ । माडुरो जिन्दावाद ¤’, भेनेजुयलामा राजनीतिक विपक्षीहरूले माडुरो सरकारमाथि आक्रमण गरिरहेको समयमा माराडोनाले भनेका थिए ।
माडुरो समस्याको चक्रव्युहबीच अघि बढिरहेको समयमा माराडोना पटक पटक भेनेजुयला पुगेर माडुरो र बोलिभारियाली क्रान्तिप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
समाजवादप्रति उनको बलियो निष्ठा छ । ल्याटिन अमेरिकी देशको सार्वभौमिकता रक्षाप्रति उनको बलियो लगाव छ । उनलाई खिस्सी गर्नेहरूको कमी छैन । तर आफ्नो निष्ठामा उनी तसको मस भएनन् ।
माराडोनाले आफ्नो ऐक्यबद्धता अर्जेन्टिनाको सिमानाभित्र मात्र सीमित राखेका छैनन् । चेले पनि त्यस्तै गरेका थिए । उनको ऐक्यबद्धता देशको सिमानाभन्दा फराकिलो थियो । उनले ऐक्यबद्धताको लामो यात्रा गरेका थिए र यो भावना उनले राम्ररी बुझेका थिए ।
‘फिडेल र चेलाई प्रेम गर्ने सबै अर्जेन्टिनेलीहरूलाई आग्रह गर्छु, मलाई माफ गर्नु होला किनभने हामीस“ग एक जना राष्ट्रपति(अर्जेन्टिेली) छन्, जसलाई केही पनि थाहा छैन । … म एक जना क्युवाली सिपाहीं हु“ । मलाई अर्जेन्टिनेली राष्ट्रपति माक्रीको सिपाहीं बन्नुभन्दा क्युवालाई आवश्यक पर्दा कुनै पनि बेला उपलब्ध हुन तयार छु । माक्रीको सेना त म कहिल्यै बन्दिन“ । यो झण्डाको लागि म पूरा जीवन दिन तयार छु ।’, चेको सम्मानमा उनले भनेका थिए ।
विभिन्न अनलाइन स्रोतहरू
Leave a Reply