भर्खरै :

वागीश्वरी मावि र सैनिक आमावि फाइनल

भक्तपुर, ३ साउन । भक्तपुर जिल्ला फूटबल सङ्घको आयोजनामा एन्फा कप जिल्ला व्यापी अन्तर विद्यालय फूटबल प्रतियोगिता अत्याधिक वर्षाको कारण महेश्वरी खेल मैदान डुबान भई हिलोमाटो थुप्रेकोले प्रतियोगिताको सेमिफाईनल खेल बिहीबारबाट सैनिक आवासीय विद्यालय दुधपाटीमा भयो । बिहीबारको खेलमा वागीश्वरी मा.वि. र सैनिक आ.मा.वि.मा फाइनल प्रवेश गरेका छन् ।
एडभान्स एकेडेमी र बागीश्वरी मा.वि. बीच भएको खेलमा खेल अवधि भर गोल गर्न नसकेपछि पेनाल्टी सुट आउटमा बागीश्वरी २–४ ले विजय हासिल गरी फाइनलमा प्रवेश गरेको छ ।
सैनिक आ.मा.वि र सुप्रिम एकेडेमी बीच भएको खेलमा १२–० धेरै गोल अन्तरलसैनिक फाइनल प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *