वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२
–लक्ष्मी पोखरेल
कैलाली, १४ साउन । कैलाली जिल्लाका विभिन्न ठाउँ तथा नगरपालिकाहरूका विभिन्न स्थानमा छाडा छोडिएका चौपायाका कारण किसानको बालीखाई नष्ट हुनुका साथै सडकमा दुर्घटना बढ्दै गएका छन् ।
जिल्लाका टीकापुर नपा, लम्कीचुहा नपा, गोदावरी नपा, घोडाघोडी नपा र धनगढी उप–महानगरपालिकाका मुख्य सडक तथा बजारको मुख्यमुख्य ठाउँहरूमा समेत चौपाया (गाई तथा गोरु) जथाभावी छोडिनु र सडकमा नै चौपायाहरू जथाभावी बस्ने र ओहोर दोहोरसमेत गर्नाले दुर्घटना बढ्दै गएका छन् ।
छाडा चौपायालाई नियन्त्रण गर्ने र किसानको बालीलाई चौपायाले खानबाट बचाउने भन्दै टीकापुर नपाले छाडा छोडिएका चैपायालाई बसन्ता सामुदायिक वन क्षेत्रमा तारबार गरी नियन्त्रणको प्रयास गरे पनि घाँस, पानी, परालको उचित व्यवस्थापन गर्न नसक्दा र गर्मीका कारण चौपायाहरू मर्न थालेपछि वरपरको बस्तीमा दुर्गन्ध फैलिनुका साथै रोगहरू फैलिने र चौपायालाई सुरक्षित रुपमा व्यवस्थापन गर्न नसक्दा पुरानै समस्या देखा परेको छ ।
धनगढी उप–महानगरपालिकाको आर्थिक सहयोगमा नगरमा छाडा छोडेका गाई तथा गोरु जम्मा गरी पहाडी जिल्लाका विभिन्न ठाँउमा लगी गरीब बस्तीका किसानलाई निःशुल्क वितरण गर्ने भनी ठेकेदारमार्फत पहाडी जिल्लाहरू डोटी, डडेल्धुरा, बझाङतर्फ लैजाने क्रममा बाटोमा नै चैपाया मर्ने समस्याका कारण पहाडी जिल्लामा चैपाया वितरण गर्ने काममा समेत समस्या देखा परेको छ ।
स्थानीय निकायको चुनावी एजेन्डालाई प्रमुख रुपमा नै आफनो घोषणपत्रमा राखी छाडा चौपायालाई नियन्त्रण र व्यवस्थीत गर्ने भन्ने दलहरूने निवार्चनपछि आफनो एजेन्डाप्रति उदासिन बनेका कारण कैलाली जिल्लामा छाडा छोडिएका चौपायाहरू दुर्घटनाका कारक बनेको प्रति जनताको आक्रोस बढ्दो छ । छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकारलाई चुनौती थपिएको छ ।
Leave a Reply