भर्खरै :

नगर प्रमुखहरूको बैठक

काठमाडौंका सांस्कृतिक सम्पदा र संस्कृतिमाथि बढ्दो सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण क्रमशः खतरा बढिरहेको छ । प्राचीनकालीन काठमाडांै उपत्यकाको सभ्यता आज इतिहासको गर्भभित्र विलिन हुँदै जाने खतरा बढिरहेको छ । एकातिर क्षमताभन्दा बढी जनसङ्ख्या केन्द्रीकरणका कारण निम्तिएका अनेकन विकृति र समस्या अनि अर्कोतिर मौलिक संस्कृतिको महत्व नबुझेका सरकारी नेतृत्वका कारण शताब्दियौं पुराना सभ्यता ¥हास हुने सम्भावना बढिरहेको छ । भूकम्पले भत्काएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणदेखि काठमाडांैका सबै सहरका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण आज चुनौतीपूर्ण बन्दै गइरहेको छ । यस्तो अवस्थामा आइतबार उपत्यकाका पाँच नगर प्रमुखहरू सांस्कृतिक नगरी भक्तपुरमा बैठक बसे । बैठकले उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षण गर्न संयुक्त प्रयास र अनुभव आदानप्रदान गर्ने निर्णय गरेको छ ।
स्थानीय सम्पदा संरक्षणका लागि जिम्मेवार स्थानीय तहका प्रमुखहरूको बैठकले काठमाडांै उपत्यकाका आदिवासी जनताबीच सल्किरहेको आफ्नो संस्कृति संरक्षणप्रतिको चिन्तालाई केही मात्रामा हलुको बनाइदिएको छ । आदिवासी संस्कृति म्हासिने सम्भावनालाई रोक्न सो बैठकलाई एउटा सुरुवात मान्न सकिन्छ । नगर प्रमुखहरूले एकअर्काले आ–आफ्ना नगरमा गरिरहेका गतिविधिबाट सिक्दै आगामी दिनमा जनताको सेवामा अझ नयाँ–नयाँ कार्यक्रम अघि बढाउन सके नगरवासीको लागि मात्र नभई देशकै केन्द्र भएकाले देशकै हित हुनेछ । त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत देशको छवि अझ उज्यालो बनाउन सक्दछ । स्थानीय पालिकाहरूलाई नयाँ बनेको संविधानले धेरै थरीका अधिकार दिएको चर्चा छ । तर वास्तवमा संविधानका ती प्रावधानको सही प्रयोग गर्न नसके त्यो आकाशको फलमा सीमित हुनेछ । त्यसको निम्ति पनि पालिकाहरूबीच अनुभवको आदानप्रदान अपरिहार्य हुन्छ । काठमाडांै उपत्यकाका नगरपालिकाका अनुभव देशभरका अरु नगरपालिकालाई समेत उपयोगी हुनेछ ।
नगर प्रमुखहरूले एकअर्काले आ–आफ्ना नगरमा गरिरहेका गतिविधिबाट सिक्दै आगामी दिनमा जनताको सेवामा अझ नयाँ–नयाँ कार्यक्रम अघि बढाउन सके नगरवासीको लागि मात्र नभई देशकै केन्द्र भएकाले देशकै हित हुनेछ । त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत देशको छवि अझ उज्यालो बनाउन सक्दछ ।
राजनीतिक विचार र दलका हिसाबले भिन्न–भिन्न पृष्ठभूमिका नगर प्रमुखहरूबीचको समन्वयलाई प्रजातान्त्रिक संस्कृति मान्न सकिन्छ । काठमाडांै उपत्यकाका संस्कृति र सम्पदा संरक्षणको सन्दर्भमा उनीहरूको समन्वयलाई अनेकन कारण र बहाना बनाई उपत्यकाको सभ्यतामाथि भइरहेको सांस्कृतिक हमलाविरुद्धको एकताको रुपमा पनि चर्चा भइरहेको छ । विकास र समृद्धिको नाममा युगौं युगको संस्कृतिलाई म्हासेर कङ्क्रिटको ज·ल बनाउनुलाई वैभव मान्न सकिन्न । आफ्नो जरा र जग नचिनेको समृद्धि केही दिनको पाहुनामात्र हुने गर्दछ । त्यसले आफू हुनुको परिचय दिन सक्दैन । काठमाडांै उपत्यकाको संस्कृति नेपालका धेरै मौलिक र ऐतिहासिक परिचयमध्ये एक हो । नेपाललाई चिनाउने धेरै संस्कृतिको संरक्षण जसरी जरुरी छ, काठमाडांै उपत्यकाको संस्कृति र पहिचान जोगाउन उत्तिकै आवश्यक छ । त्यसको निम्ति पाँच जना नगर प्रमुखहरूको पाइलालाई सकारात्मकरुपमा लिन आवश्यक छ । हजारौं माइलको यात्रा एकै पाइलाबाट सुरु हुन्छ भनेजस्तै अहिलको अवस्थामा काठमाडांै उपत्यकाका संस्कृति संरक्षणका अनेकन चुनौती छन् । तर यो कष्टप्रद यात्राको पहिलो पाइला भक्तपुर नगरबाट सुरु भएको छ । यसलाई अर्थपूर्ण कदमको रुपमा लिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *