पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२
वाशिङ्टन, ३० जुलाई । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानका राष्ट्रपति हस्सन रोहाउनीसँग भेट्न तयार रहेको सोमबार बताएका छन् । तर त्यो भेटमा कुनै पनि पूर्वशर्त हुन नहुने उनको शर्त छ ।
‘म कसैसँग भेट्छु । म भेटघाटमा विश्वास गर्छु ।’, इटालीका प्रधानमन्त्री कोन्टेसँग वाशिङ्टनमा भेटपश्चात आयोजित पत्रकार भेटघाटमा बोल्दै ट्रम्पले भनेका थिए ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नाटो देशका नेताहरूसँगको ‘महान्’ भेटघाटको प्रसङ्ग चर्चा गर्दै ट्रम्पले ती सबै भेटले राम्रो नतिजा दिएको बताए ।
‘यदि इरानीहरू चाहन्छन् भने म उनीहरूसँग पनि भेट्न तयार छु । बरु उनीहरू पो तयार छन् कि छैनन् । मैले इरानसँगको सम्झौताबाट हात झिकें । त्यो वास्तवमा हाँस्यास्पद सम्झौता थियो ।’, ट्रम्पले भने,‘म उनीहरूलाई कुनै पनि बेला भेट्न तयार छु ।’
‘हामीले नानाथरी सम्झौता गरेर कागज मात्र खेर फाल्ने काम नगरी कुनै अर्थपूर्ण परिणाम निकाल्न सके म पक्का पनि भेट्न चाहन्छु ।’, उनको भनाई थियो । ट्रम्पले सोमबार दिएको सकारात्मक अभिव्यक्तिसँगै इरानी विदेशमन्त्रालयले भने चालू द्विपक्षीय समस्याबारे संरा अमेरिकी सरकारसँग कुनै पनि खालका संवाद हुन नसक्ने बताएको छ ।
‘संरा अमेरिका सरकारले आफूलाई विश्वास गर्न नालायक प्रमाणित गरिसकेको छ । त्यसकारण संरा अमेरिकाको वर्तमान सरकारसँग कुराकानी वा सम्बन्धको कुनै पनि सम्भावना छैन ।’, इरानी विदेशमन्त्रालयका प्रवक्ता बहराम कासेमीले भने ।
ट्रम्प प्रशासनले गएको मे महिनामा सन् २०१५ मा भएको ऐतिहासिक इरान आणविक सम्झौता भङ्ग गरेपश्चात दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । वाशिङ्टनले इरानमाथि राजनीतिक दबाब दिनुका साथै इरानमाथि नाकाबन्दी पुनः थोपर्ने चेतावनी दिंदै आएको छ ।
सन् २०१५ मा इरान र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य बेलायत, चीन, फ्रान्स, रुस र संरा अमेरिकाका साथै जर्मनीबीच भियनामा इरानसँग सम्बन्धित सम्झौता भएको थियो । सो सम्झौतामा इरानले आफूले गर्दै आएको संवेदनशील आणविक गतिविधि घटाउने र त्यसो गरे नगरेको अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई निरीक्षण गराउने सहमति भएको थियो । त्यसो गरे वापत इरानमाथि लाग्दै आएको आर्थिक नाकाबन्दी हटाउने सम्झौता भएको थियो ।
Leave a Reply