भर्खरै :

नेपाली क्रिकेटको तीन दशक विवादै विवादले विकास धिमा

कुमार चौलागार्इं
काठमाडौं, १६ साउन । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।
नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट सङ्घकै पदाधिकारीहरू स्वीकार गर्छन् ।
निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रङ्गशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौंको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण सुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन सुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।
यस वर्ष खेलकुदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदानको कामले तीव्रता पाउने राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूको भनाइ छ । आगामी वर्ष नेपालमा दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसै वर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ । बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढीलगायत स्थानमा निर्माणाधीन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दाबी राखेपको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसीसीले दिने अनुदान रोकेकोले संरचना निर्माणमा समस्या परेको बताउँछन् । “देशभर आठ मैदान निर्माणाधीन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकाले पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ”, उनले भने ।
निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रङ्गशाला नेपालमा अझै बन्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनानुरूप काठमाडौंको मूलपानीमा दुई क्रिकेट मैदान निर्माण सुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन सुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो ऐतिहासिक एक दिवसीय खेल्दैछ तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।
मूलपानीमा निर्माणाधीन दुई रङ्गशालामध्ये एउटा खेल्नयोग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ । उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सन् १९८८ मा आइसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पायो ।
क्रिकेट सङ्घको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको वृत्ति विकासमा ध्यान दिंदै चार वर्षका लागि पाएको एकदिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ । सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाई देशका आठ स्थानमा क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने चालू आवको बजेटमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *