प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
नानजिङ, ३ अगस्ट । विश्व फूटबलमा चीनले अहिलेसम्म कुनै दिग्गज खेलाडी त जन्माउन सकेको छैन । तर संसारका प्रख्यात फूटबल क्लवहरूले चीनमा एकसेएक खेलाडीको खोजी भने सुरुआत गरिसकेको छ । उनीहरूले चीनकै विभिन्न स्थानमा फूटबल खेलाडी जन्माउने लक्ष्यका साथ विभिन्न शिविरहरू स्थापना गरेका छन् ।
यसको पछिल्लो उदाहरण हो–चीनको हेनान प्रान्तको हानकाओमा बार्सिलोना क्लवले मिसन हिल्स ग्रुपसँग मिलेर गत साता शिविरको थालनी गरेको छ ।
हानकाओमा बार्सिलोनाले गरेको यो तेस्रो शिविर हो । बार्का एकेडेमीले यस्ता शिविरहरूमा चीनभरिका युवा खेलाडीहरूलाई मौका दिने गरेको छ । एक सातासम्म सहभागी प्रशिक्षार्थीलाई उच्चस्तरको प्रशिक्षण दिने गरिएको छ । साथै संसारकै नाम चलेका खेलाडीहरूसँग त्यस्ता शिविरमा खेल्ने मौका प्रदान गरिन्छ । शिविरमा तीन सयभन्दा बढी चिनियाँ युवा खेलाडीहरूको सहभागिता रह्यो ।
Leave a Reply