भर्खरै :

दोस्रो जोडी गैंडा साउन ३१ गते पठाउने तयारी

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैंडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैंडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैंडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ ।
यसअघि असार २८ गते एक जोडी गैंडा चीन पठाइएको थियो । दोस्रो जोडी गैंडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैंडा काठमाडौं पठाइँदै छ । पहिलो जोडी गैंडा दुई दिनअघि नै काठमाडौं लगेर राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *