भर्खरै :

भक्तपुर जनस्वास्थ्य केन्द्रमा सेवा चाप बढ्यो, अव्यवस्थित पनि उस्तै

–नारायण महर्जन, कीर्तिपुर
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ ।
भक्तपुर पुग्ने बेला रगत परीक्षण गरी स्वास्थ्य स्थिति बुझ्ने गर्दै आइरहेको छु । न्यूनतम शुल्कमा रगत परीक्षण गर्न पाएकोले परीक्षणमा आउनेहरूको सङ्ख्यामा वृद्धि भएको होला ।
केही महिनाअघि रगत परीक्षण गर्दा त्यही दिन बिहान ११ः०० बजेपछि रिपोर्ट पनि हातमा पर्नेगथ्र्याे । अहिले भने यहा“ शुक्रबार पनि रगत परीक्षणको लागि जनस्वास्थ्य केन्द्र पुग्दा भवनको मेनगेट प्रवेश गर्न पनि गा¥हो छ ।
मेन गेटको बाया“ टिकट काउन्टर छ भने दाया“ औषधि पसल । सेवाग्राही वृद्धि भएकोले मेनगेटका ठाउ“ सा“घुरो भयो र हिंडडुल गर्ने बाटो नै भएन । परीक्षणमा आउनेलाई सजिलो बनाउने हो भने मेनगेटको टिकट काउन्टर अन्य ठाउ“मा व्यवस्थित गर्न हतार भइसक्यो ।
उक्त रगत परीक्षण र ओपीडीमा आउने सेवाग्राहीलाई लाइनमा बस्न बेञ्च एक÷दुईवटा मात्र राखेको छ तर सेवाग्राही २५÷३० जना उभिएर हुल गरेर आफ्नो पालो कहिले आउला भनेर उभिन्न बाध्य छन् ।
भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सेवाग्राहीको चाप बढ्नु नराम्रो कुरा होइन तर परीक्षणको लागि टिकट लिने ठाउ“ र अन्य परीक्षण पनि व्यवस्थित बस्ने ठाउ“ मिलाइदिएमा जनस्वास्थ्य केन्द्रको सेवा सा“चो जनस्वास्थ्य हुनेछ ।
सम्बन्धित निकायले नियाल्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *