सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
सिङ्गापुर, ४ अगस्ट । व्यापारमा बहुपक्षवादको प्रवद्र्धन र स्वतन्त्र व्यापारलाई समर्थन गर्नेमा चीन र युरोपेली सङ्घ शुक्रबार एकमत भएका छन् ।
सिङ्गापुरमा चालू आसियान देशका विदेशमन्त्रीहरूको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी र युरोपेली सङ्घको विदेश मामिला तथा सुरक्षा परिषद्का उच्चप्रतिनिधि फेडेरिका मोघेरिनिबीच भएको साइडलाइन बैठकमा त्यस्तो सहमति भएको हो ।
बैठकमा वाङले चीन र युरोपेली सङ्घका नेताहरूबीच बेइजिङमा हालै भएको बैठकको स्मरण गर्दै कानुनमा आधारित बहुपक्षवादी व्यापार प्रणालीको रक्षा र व्यापारिक संरक्षणवाद एवं एकाधिकारवादको विरोध गर्न दुवै पक्ष तयार रहेकोमा जोड दिए ।
‘अन्तर्राष्ट्रिय परिस्थितिको अनिश्चय र अस्थिरतालाई ध्यानमा राखी चीन र युरोपेली सङ्घबीच समयमै रणनीतिक संवाद र सहकार्य, स्थायित्वको पक्षमा मेल र दृढतापूर्वक बहुपक्षवाद र अन्तर्राष्ट्रिय कानुनको समर्थन दुवै पक्षको हितमा मात्र नरही विश्वमा शान्ति र स्थायित्व कायम गर्न समेत सहयोगी बन्नेछ ।’, वाङको भनाइ थियो ।
मोघेरिनिले युरोपेली सङ्घ र चीन लामो समयदेखिको साथी भएको बताइन् । युरोपेली सङ्घले चीनलाई आफ्नो प्रमुख र महत्वपूर्ण रणनीतिक साझेदारको रुपमा लिएको र चीनविरुद्ध सङ्घले कुनै नीति अवलम्बन नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
युरोपेली सङ्घ पनि बहुपक्षवादको प्रबद्र्धन तथा स्वतन्त्र व्यापारको समर्थनमा चीनसँगै उभिने धारणा राख्दै उनले चीनसँग युरोपेली सङ्घले रणनीतिक संवाद र सहकार्यलाई विस्तार गर्न चाहेको बताइन् ।
बैठकमा दुवै पक्षबीच इरानको आणविक मुद्दाबारे पनि छलफल भएको थियो ।
Leave a Reply