भर्खरै :

खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न

ते¥हथुम, २० साउन (रासस) । साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्रगतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक ते¥हथुम पावर कम्पनीले जनाएको छ ।
आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी ते¥हथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले आयोजनाको निर्माणस्थलमा इन्टेक, पाइपलाइन एक्जावेसन, पानीट्याङ्की सोलिङ, कनेक्टिङ प्यानल र पावरहाउसका लागि भवन निर्माणलगायत काम तीव्रगतिमा भइरहेको बताउनुभयो ।
रु. एक अरब ३७ करोड लगानीमा निर्माण हुने आयोजना निर्माणको काम धौलागिरि र खड्काकृष्ण जेबी कन्सट्रक्सनले जिम्मा लिएका छन् । प्रवद्र्धक कम्पनीको शनिबार काठमाडौंमा भएको विशेष साधारणसभामा प्रबन्धक सञ्चालक डाँगीले अहिलेसम्मको प्रगति सार्वजनिक गर्दै म्यादभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराउनुभयो । २०७६ को पुस १ सम्ममा काम सम्पन्न गर्ने म्याद भए पनि २०७६ को असारमै काम सम्पन्न गर्ने गरी तीव्रगतिमा काम भइरहेको उहाँको भनाइ थियो ।
साधारणसभामा ते¥हथुमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, पूर्वमन्त्री पर्शुराम खापुङ, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले आयोजनालाई शीघ्ररुपमा सम्पन्न गर्न सुझाव दिनुभयो । जिल्लावासीको लगानीमा बन्ने उक्त आयोजनाको काम सुरु भएसँगै स्थानीयले रोजगारीसमेत पाएका छन् । आयोजना निर्माणका लागि माछापुच्छ«े बैङ्क, नेपाल बङ्गलादेश बैङ्क र जनता बैङ्कले रु. एक अरब लगानी गर्ने भएपछि काम भइरहेकोे कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले बताउनुभयो ।
आयोजनाका लागि श्रीजुङस्थित मुहानबाट करीब चार किमि लामो पाइपमार्फत पानी ल्याउने तयारी छ । अहिले मुहान र आयोजनास्थल दुवै स्थानमा काम भइरहेको छ । त्यसरी ल्याएको पानी साविक मोराहाङ–४ स्थित पावरहाउसको करीब तीन सय मिटर माथिबाट तल झारेर विद्युत् उत्पादन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *