भर्खरै :

समाजवादी आन्दोलन र पार्टी कार्यकर्ताहरूको निजी जीवन

मानव जातिको सर्वोच्च आकांक्षा कामदार वर्गको स्वर्ग ‘समाजवाद’ र ‘साम्यवाद’ स्थापना गर्ने† अन्याय, अत्याचार, शोषण र दमनबाट बहुसङख्यक जनतालाई मुक्त गर्ने र पिछडिएको देशलाई विकासको बाटोमा दौडाउने महान आकांक्षा बोकेर धेरै समाजवादी राजनैतिक कार्यकर्ताहरू काम गरिरहेका छन् । तिनीहरू अनेक दुःखकष्ट सहेर, आलोचना र आत्मालोचना मनन गरेर निरन्तर सङ्घर्ष गरिरहेका छन् । तिनीहरू यस अर्धसामन्ती र पुँजीवादी व्यवस्थाका हिमायतीहरूका एक नम्बर दुश्मन बनेका छन् भने यही सामन्ती संस्कारमा हुर्केका आफन्तहरूका नजरमा पैसा कमाउन नसक्ने मूर्ख र हुतिहारा ठानिएका छन् । ती निष्कपट, नैतिकवान कार्यकर्ताहरूका सक्रियतादेखि तर्सेका प्रतिक्रियावादीहरूले राजनैतिक कार्यकर्ताका सानातिना गल्तीहरूलाई लिएर तिललाई ताड, ताडलाई पहाड बनाउँछन् अर्थात बढाइचढाइ गर्दछन् । विशेषतः कार्यकर्ताका निजी जीवनका समस्या र कमीकमजोरीहरू कोट्याई राजनैतिक बदला लिन कत्ति पनि चुक्दैनन् । इमानदार र नैतिकवान कार्यकर्ताहरूको शिविरमा निराशाको बादल फैलाउन खोज्छन् । अनेक जालझेलका नाटक मञ्चन गरी सन्त्रासको धुलो उडाउँछन् । विचलनको हावा फैलाई क्रान्तिकारी सङ्गठनको अस्तित्व नै मेट्ने दुष्प्रयास गर्छन् ।
एक कम्युनिष्ट कार्यकर्ताको लागि शत्रुले खोइरो खन्नु हिलोमा लड्नुजस्तै हो भने सहयोद्धाहरूको आलोचना सुन्नु ढिंडो, दाल, भात र तरकारी खाएजस्तै हो । उनीहरू पार्टीको निर्देशनमा सङ्घर्षको अग्रमोर्चामा बसेर भाग लिन्छन् । उनीहरू पार्टीको निर्देशनमा सङ्घर्षको अग्रमोर्चामा डटेर लड्छन् । अनेक दुःखकष्ट र हण्डर खाएर पनि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने र पार्टीको लक्ष्य पूरा गर्ने अठोट लिएर अहोरात्र काम गरिरहेका हुन्छन् । राजनैतिक लक्ष्य र सिद्धान्त स्पष्ट भएर पनि कतिपय युवा, विद्यार्थी, कार्यकर्ताहरूमा व्यक्तिगत जीवन कसरी जिउनुपर्छ भन्नेबारे अस्पष्टता देखिन्छ । तसर्थ, तिनीहरूमध्ये कति व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने गर्छन् भने कति पुरानै रुढीवादी धारणाको पक्षपोषण गर्ने गर्छन् । निजी जीवन जिउनेबारेका यी दुवै विचारहरू खोटपूर्ण छन्, त्यसैले यस विषयमा छलफलको सुरुवात गर्नु सान्दर्भिक हुने देखिन्छ ।
पञ्चायती व्यवस्थामा धेरै लामो समयसम्म मौलिक र नैसर्गिक हकहरूबाट समेत बञ्चित रहेर जेल, नेल, यातना र दमन भोग्दै राजनीतिक स्वतन्त्रताको निम्ति लामो सङ्घर्ष गर्नुप¥यो । यद्यपि पुँजीको दासता र पुँजीवादी नियमकानुनबाट समाज बाँधिएको थियो ।
०४६ सालको राजनैतिक परिवर्तनले प्रदान गरेको स्वतन्त्रता बुर्जुवा स्वतन्त्रतामात्र हो । केही मानिसहरूले स्वतन्त्रताको अर्थ गलत ढङ्गले बुझेर पश्चिमी पुँजीवादी समाजको पूर्ण व्यक्तिगत स्वतन्त्रता, खुल्ला प्रेम र यौन स्वतन्त्रता तथा छाडातन्त्रलाई पनि स्वतन्त्रतानै ठान्छन् भने केही मानिस अलि संयमित हुँदै ‘आखिर राजनैतिक कार्यकर्ताको पनि व्यक्तिगत जीवन हुन्छ, निजी जीवनमा आफ्नो रुचिअनुसार निर्णय गर्न पाउनुपर्छ’ भन्ने तर्क गर्छन् । जनताको राजनीति गर्नेहरूले त्यस्ता तर्क र व्यवहार गर्छन् भने त्यसबाट आफ्नो व्यक्तित्व र राजनैतिक सङगठनलाई कति क्षति पुग्छ वा पुग्यो भन्ने तिनीहरू मूल्याङकन गर्दैनन् ।
एक कम्युनिष्ट कार्यकर्ताको लागि शत्रुले खोइरो खन्नु हिलोमा लड्नुजस्तै हो भने सहयोद्धाहरूको आलोचना सुन्नु ढिंडो, दाल, भात र तरकारी खाएजस्तै हो । उनीहरू पार्टीको निर्देशनमा सङ्घर्षको अग्रमोर्चामा बसेर भाग लिन्छन् । उनीहरू पार्टीको निर्देशनमा सङ्घर्षको अग्रमोर्चामा डटेर लड्छन् । अनेक दुःखकष्ट र हण्डर खाएर पनि देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने र पार्टीको लक्ष्य पूरा गर्ने अठोट लिएर अहोरात्र काम गरिरहेका हुन्छन् । राजनैतिक लक्ष्य र सिद्धान्त स्पष्ट भएर पनि कतिपय युवा, विद्यार्थी, कार्यकर्ताहरूमा व्यक्तिगत जीवन कसरी जिउनुपर्छ भन्नेबारे अस्पष्टता देखिन्छ । तसर्थ, तिनीहरूमध्ये कति व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने गर्छन् भने कति पुरानै रुढीवादी धारणाको पक्षपोषण गर्ने गर्छन् । निजी जीवन जिउनेबारेका यी दुवै विचारहरू खोटपूर्ण छन्, त्यसैले यस विषयमा छलफलको सुरुवात गर्नु सान्दर्भिक हुने देखिन्छ ।
त्यसो त आजको समय बाँचेको कुनै पनि सचेत व्यक्ति, व्यक्ति स्वतन्त्रताको विपक्षमा हुन सक्दैन वा भएको देखिँदैन । यद्यपि सार्वजनिक व्यक्ति वा राजनीतिक÷सामाजिक कार्यकर्ताको प्रसँगमा अलि बेग्लै ढङ्गले विचार गर्नुपर्ने हुन्छ । प्रत्येक राजनैतिक कार्यकर्ता कुनै तहको अगुवा हुन्छ, अगुवालाई नै आदर्श मान्ने हाम्रो नेपाली समाजमा यदि अगुवामाथिनै चारित्रिक दाग लाग्यो भने त्यस्ता क्रियाकलापले समाजमा आधारित सिङ्गो सङ्गठन र आन्दोलनलाई प्रतिकूल असर नपर्ला भन्न सकिँदैन । अनि, राजनैतिक कार्यकर्ताको व्यक्तिगत मामलाले सङ्गठन र आदर्शप्रति कुठाराघात गर्छ भने त्यसमा गम्भीर बन्नैपर्छ ।
पार्टी सङ्गठनमा आबद्ध हुनु भनेकै सङ्गठनको विधान, नीति र नियम मान्दै सङ्घर्षमा लाग्नु भएकोले पूर्ण व्यक्तिगत स्वतन्त्रता चाहनेहरूले सङ्गठनमा आबद्ध हुनुपूर्व नै सोच्नुपर्छ† आफूलाई नैतिकवान, इमानदार र क्रान्तिकारी ठानेर गर्व महसुस गर्ने व्यक्तिले त्यसैअनुसारको त्याग पनि गरेर देखाउन सक्नुपर्दछ । चिची पनि पापा पनि खोज्ने केटाकेटी स्वभाव चटक्कै छोड्न सक्नुपर्छ ।
अर्कोतिर, धानमा फोगल्टो मिसिएझैं रुढीवादी र प्रतिक्रियावादी धारणाले ग्रस्त मानिसहरू पनि सङ्गठनमा अझै छन् । राजनैतिक क्रान्तिको वकालत गरी हिंड्ने ती ‘क्रान्तिकारी’ हरू व्यवहार र विचारमा भने प्रतिक्रियावादीहरूकै देखासिकी गर्न पुग्छन् । उनीहरू सामाजिक संस्कार र नियमलाई अपरिवर्तनशील मान्छन् । सामन्ती संस्कारको अवशेष जातपात र छुवाछुतलाई कायमै राख्ने चेष्टा गर्छन् । उनीहरू ‘कथनी’ र ‘करणी’ को भिन्नतालाई ‘सिद्धान्त भनेको आदर्शमात्र हो, व्यवहारको निम्ति कहाँ हो र ?’ भन्नेजस्ता व्यङ्ग्योक्ति स्मरण गराउँछन् ।
कहिलेकाँही तिनीहरू अनेक शङ्का उपशङ्का गरी सक्रिय साथीहरूमाथि अनैतिक र चरित्रहीनताको आरोपसम्म लगाउन पुग्छन् । त्यस्ता व्यक्तिहरू सङ्गठनको हित र अहितप्रति विचार नपु¥याई शत्रुका इसारामा पार्टी नेतृत्वसमक्ष गलत रिपोर्ट पु¥याउन खोज्छन् । उनीहरूले ढिलै भएपनि अनावश्यक, रुढीवादी संस्कार र गलत विचार छोडेर उपयुक्त विचार अँगाल्ने चेष्टा गर्नुपर्छ । समयभन्दा पछि रहेर, युगभन्दा पछि परेर अग्रगामी नेतृत्व दिन नसकिने कुरा बुझ्नुपर्दछ ।
तर ती व्यक्तिहरूले कुनै पनि प्रकारको अनैतिक, चरित्रहीन व्यवहार र भ्रष्टाचार नगरुन् भन्ने कुराप्रति भने अत्यन्त चनाखो हुनैपर्छ । फेरि जनतालाई राजनीतिक चेतना दिंदै हिंडेका हाम्रा क्रान्तिकारीलाई डर धम्कीले भगाउन नसकेर, सैद्धान्तिक र वैचारिक रुपले गलाउन नसकेर आजित भएका विपक्षी प्रतिक्रियावादी शत्रुहरूले जनताका कार्यकर्ताहरूको चनाखोपनलाई जनताकै विरुद्ध हतियारको रुपमा उपयोग गर्न खोजेका कैयौं दृष्टान्त भएकोले यसमा सम्बद्ध सबै समयमै होसियार हुनुैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *