भर्खरै :

‘नेकपालाई नेकपाकै कार्यकर्ताले समाप्त गर्नेछन् ’

काभ्रे २१ साउन । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समिकिो आयोजनामा बनेपामा सोमबार कार्यकर्ता भेला भयो । नेमकिपाको २९ औं केन्द्रीय परिषद्को निर्णयहरू जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले प्रचण्ड–बाबुरामहरू उहिल्यै एमालेमा भित्रिएका भए १७ हजार नेपालीको ज्यान जाने थिएन, अहिले एमालेमा पसेर जनतालाई धोका दिएका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपालाई नेकपाकै कार्यकर्ताले समाप्त गर्नेछन् ।’
पार्टीका अर्का केन्द्रीय सदस्य बजिरसिंह विकले पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गले जनतालाई ठग्ने, लुट्ने चर्चा गर्दै नेकपाले भारतीय एकाधिकार पुँजीको पक्षमा कार्य गरिरहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य मुक्ति यादवले तराईमा पुँजीवादी पार्टीहरू बीयर, रक्सी र पैसाको भरमा चुनाव जित्ने गरेको बताउनुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले नेमकिपाले सदन र सडकमा जनताको पक्षमा आवाज उठाइरहेको बताउनुभयो ।
नेमकिपा काभ्रेका सभापति कृष्णकुमार वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार नारायणबहादुर दुवाल, बनेपा नगर अध्यक्ष त्रिरत्न मानन्धर र पुण्यशोभा श्रेष्ठले पनि बोल्नुभएको थियो ।
यसैबीच नेपाल मजदुर किसान पार्टी काठमाडांै र ललितपुर जिल्ला समितिको संयुक्त आयोजनामा सोमबार अगुवा कार्यकर्ता भेला भयो ।
पार्टीको साउन १८–२० सम्म भएको २९ औं केन्द्रीय परिषद्का निर्णयबारे कार्यकर्तालाई जानकारी दिने लक्ष्यले आयोजित कार्यक्रममा वक्ताहरूले समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले पुँजीवादमा अल्झेर कम्युनिष्ट आन्दोलनलाई क्षति पु¥याउने नक्कली कम्युनिष्टबारे जनताबीच उदाङ्ग्याउनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिकूल परिस्थितिमा नेमकिपाका कार्यकर्ता अझै जुझारु भएर सङ्घर्षमा होमिरहेको बताउँदै पार्टीको आगामी चैत १–४ सम्म हुने महाधिवेशन समाजवादी आन्दोलनकै सिलसिला हुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले तराई किसान आन्दोलनको भूमि भए पनि किसानहरू अझै मोहियानी हक र अरु अधिकारबाट वञ्चित रहेको बताउनुभयो । उहाँले भारतले नाकाबन्दी थोपर्दा तराईका जनताले पनि दुःख पाएको तर केही तस्करहरूले फाइदा उठाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला समितिका अध्यक्ष हरिसुन्दर बासीले नेमकिपाले भारतीय एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवादविरोधी आन्दोलनमा नेमकिपा लागिपरेको चर्चा गर्दै महलीसागरमा पुगेर भारतीय हस्तक्षेपको विरोध गरेको घटनाको स्मरण गर्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा नेमकिपाले देश र जनताको पक्षमा निभाइरहेको भूमिकाबारे चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष वमबहादुर शाही, राजवीर डंगोल र बुद्ध शिल्पकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *