अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कीर्तिपुर, २४ साउन । कीर्तिपुर नगरपालिकाले आ.व. २०७५÷०७६ बाट सम्पत्ति कर (घरजग्गा कर र मालपोत कर एकमुष्ट) उठाएको विरोधमा जनप्रदर्शन गरी नगरपालिका घेराउ गरेका छन् ।
एकीकृत सम्पत्ति करविरूद्ध सङ्घर्ष समिति, कीर्तिपुरको आह्वानमा पाँगा ढोकासीबाट निस्केको जुलुस नयाँबजार, खासीबजार, लाय्कू, देवढोका हुँदै नगरपालिकाको कार्यालय पुगी ज्ञापनपत्र बुझाएको थियो । सङ्घर्ष समितिका संयोजक नजरराम महर्जनले ज्ञापनपत्र वाचन गरी नगर प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । एकीकृत सम्पत्ति कर खारेज हुनुपर्ने माग राखी १५ दिनभित्र कार्यान्वयन नगरेमा थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत बुझाएको र ज्ञापनपत्र बुझेपछि नगर प्रमुख रमेश महर्जनले सात दिनभित्र नियमावली बनाई सम्पत्ति करबारे कीर्तिपुर नगरवासीलाई जवाफ दिने वचन दिनुएको थियो ।
नगर प्रमुख महर्जनले मालपोतमा १ रोपनीको पहिला रू.१००।– तिर्नु पर्नेमा अहिले ३०० रुपैयाँ कायम गरी ५० प्रतिशत छुट दिएको बताउँदै सङ्घीय सरकारले सम्पत्ति कर लगाउने नीतिअनुसार पुरानो नपा भएकोले ५० रूपैयाँ मात्र बढी लिएको बताउनुभयो । किसानहरूलाई मर्का पार्ने उद्देश्य नभएको तर काम गर्दा केही तलमाथि परेकोले संशोधन गर्न सक्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा किसानको पक्षमा प्रशान्त महर्जन, कृष्णमान डंगोल, रत्न महर्जनले नपा कक्षमा आ–आफ्नो कुरा राखेका थिए ।
नपाका मेयरले नै जनमानसमा बोल्नुपर्ने माग गरेपछि उपमेयर सरस्वती खड्काले जनताको चाहनाअनुसार जनतालाई मर्का नहुने गरी कर निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Leave a Reply