ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीबिच विविध खेलकुद प्रतियोगिता सुरु
- भाद्र २५, २०८३
लण्डन, १० अगस्ट । दिमागमा चोटपटकसम्बन्धी विज्ञहरूले १८ वर्षभन्दा कम उमेरका केटाकेटीले फूटबल खेलमा टाउकोले हेड गर्नु स्वस्थकर नहुने बताएका छन् । उनीहरू १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई हेड गर्न दिन नहुनेसमेत बताएका छन् ।
अमेरिकी फूटबल खेलाडीहरू कसरी क्रोनिक ट्रमाटिक इनसिफालोपाथी (सीटीई) नामको रोगबाट प्रभावित भए भन्ने विषयमा अनुसन्धान गरेका डा. बेनेट अमालुले आफ्नो यस्तो भनाइ केही मानिसलाई चित्त नबुझ्ने तर समाजले यो यथार्थ स्वीकार्नुपर्ने बताए ।
‘कोही पनि १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई हेड गर्न दिनुहुन्न ।’, नाइजेरियामा जन्मेका ४९ वर्षका अमेरिकी चिकित्सकले भने ।
‘१२ देखि १४ वर्ष उमेरका केटाकेटीलाई कममात्र ठोकिने फूटबल खेल खेल्नुपर्दछ । त्यस्तो खेल हामीले विकास गर्न जरुरी छ ।’
‘१२ देखि १८ वर्ष उमेरका केटाकेटीले फूटबल त खेल्न मिल्छ । तर उनीहरूले हेड गर्न मिल्दैन । यो धेरै मानिसको लागि स्वीकार्न गा¥हो हुनेछ तर विज्ञानले यही भन्छ ।’
‘समयसँगै हामी परिवर्तन भयौं । समाज पनि परिवर्तन हुनेछ । केटाकेटीको खेलको बारेमा कुरा गर्दा हामीले हाम्रा केही तरिका परिवर्तन गर्नुपर्ने खाँचो छ ।’
बेलायतका पूर्व स्ट्राइकर जेफ एसल फूटबल खेल खेल्दा हेड गर्दाको असरस्वरुप ब्रेन ट्युमर भएर निधन भएको भन्ने समाचारसँगै यस्ता धेरै तर्कवितर्क बाहिर आएका हुन् ।
१६ वर्षसम्म फूटबल खेलेका जेफ झण्डै दस वर्षसम्म अल्जाइमर रोगबाट पीडित हुनुपरेको थियो । उनको सन् २००४ मा निधन भएको थियो ।
Leave a Reply