भर्खरै :

अन्तर्राष्ट्रिय म्याराथुनमा जुल्लाका खेलाडी

सुर्खेत, २६ साउन  ः कुनै पनि सरकारी निकायले सहयोग नगरेपछि जुम्लाका खेलाडी आफ्नै रकमले अन्तर्राष्ट्रिय म्याराथुन दौडमा भाग लिने भएका छन् ।
भारतको राजस्थानमा आयोजना हुने चौथो ‘माउण्ट आबु अन्तर्राष्ट्रिय म्याराथुन रेस’ मा उनीहरु सहभागी हुने भएका हुन् । आगामी भदौ ३ गते हुने खेलमा जुम्लाका सुनमाया बुढा, राममाया बुढा, सीता न्यौपाने र नरेश बुढा रहेको कर्णाली खेलकूद क्बल जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
उहाँले आज पत्रकार सम्मेलन गरी व्यक्तिगतरुपमा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले रु पाँच हजार, राजकुमार शाहीले रु पाँच हजार, क्लब आफैँले रु ५० हजार आर्थिक सहयोग गरेको अध्यक्ष शाहीले बताउनुभयो ।
नेपालको तर्फबाट सो प्रतियोगितामा भाग लिने जानकारी गराउँदा पनि सरकारी निकायले वास्ता नगरेको उनीहरुले गुनासो गरेका छन् । आफ्नो क्षमता देखाउन र देशको इज्जत राख्ने सपना बोकेकाले चारै जनाले जनही रु पाँच÷पाँच हजार उठाएर जान थालेको खेलाडी सुनमाया बुढाले दुखेसो पोख्नुभयो ।
भाग लिने चारै जना खेलाडीले हाफ म्याराथुन अर्थात् २१.९ किलोमिटर दौड्ने छन् । त्यसका लागि उनीहरुले ‘ब्रह्मकुमारी शान्ति वन (तेलहटी) देखि ब्रह्माकुमारी ओम शान्ति भवन’ राजस्थानसम्म दौड्नुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । अध्यक्ष शाहीको नेतृत्वमा टोली आइतबार भारत प्रस्थान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *