यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, २६ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी संरक्षण र मर्मतको जिम्मा स्थानीयवासीलाई दिन महानगरपालिका तयार रहेको बताउनुभएको छ ।
कमलपोखरी संरक्षणका विषयमा शनिबार यहाँ स्थानीयवासीसँगको छलफलमा उहाँले भन्नुभयो, “कमलपोखरीको मर्मत, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिने हो भने जिम्मेवारी दिन कामपा तयार छ ।”
प्रमुख शाक्यले भन्नुभयो, “स्रोतको दुरुपयोग हुनुहुँदैन, राम्रोसँग काम हुनुपर्छ, कसले मर्मत र संरक्षण गर्छ, त्यसले खासै अर्थ राख्दैन तर काम गुणस्तरीय र व्यवस्थित तरिकाबाट हुनुपर्छ ।”
कामपा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले यो पोखरीलाई वास्तुशास्त्रमा आधारित र ज्ञान प्राप्त गरिने गरी कलात्मक सम्पदाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा पोखरीको ऐतिहासिकतालाई संरक्षण गर्नुपर्ने, पोखरीमा वार्षिक महोत्सव गरिनुपर्ने, पोखरीको प्रभावकारी व्यवस्थापन हुनुपर्ने, पोखरीको पानीलाई स्वच्छ पार्नुपर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकमैत्री पोखरीको व्यवस्थापन गर्नुपर्नेलगायत स्थानीयवासीले सुझाव दिएका थिए ।
Leave a Reply