तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २६ साउन । नेपालभाषा साहित्य तःमुंज्याले नेपालभाषाका आधुनिक कवि पूर्ण वैद्यको उपस्थितिमा साहित्यप्रेमीहरूबीच शनिबार चि मुंज्या (साहित्यिक भेला) को आयोजना ग¥यो ।
उक्त साहित्यिक भेलामा कवि वैद्यले आफ्नो कविता लेखनको अनुभवबारे जानकारी दिंदै साहित्य (काव्य) समाज र जीवनको ज्ञानमात्र होइन अनुभूतिको कला पनि हो भन्नुभयो ।
कवितामा बिम्ब र अलङ्कार कुनै कविले प्रयोग गरेको शब्दको सापती नलिई आफ्नै जीवन या प्राप्त अनुभवसँगै बिम्ब र अलड्ढारको प्रयोग गर्नु बुद्धिमानी हुने विचार व्यक्त गर्दै उहाँले पहिलेको शास्त्रीय या निश्चित छन्दात्मक कविताभन्दा आज–भोलि गद्य कवितामा रूची राखेको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्यका संस्थापक एवं सल्लाहकार कान्छा बासुकलाले आफ्नै भाषामा कविता लेख्दा समिचीन हुने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवं चिमुंज्याका सभापति चन्द्रबहादुर उलकले साहित्य गोष्ठी र सम्मेलनको बेलामात्र होइन अरू समयमा पनि साहित्य लेखे साहित्यको स्तर उठ्ने विचार व्यक्त गर्नुभयो ।
साहित्यिक भेलामा कवि पूर्ण वैद्य, कान्छा बासुकला, चन्द्रबहादुर उलक, रूपकेशरी उलक, नीरज लवजू, विकल प्रजापति, एल.के. सुन्दर, नारायणभक्त भेले, गंगाराम ज्याख्व, केशव तमखू, रामगोपाल वमनू, पृथ्वीकुमार प्रजापति, हरिकृष्ण सुवाल, अमोद उलक आदिले आ–आफ्नो कविता वाचन गर्नुभएको थियो ।
Leave a Reply