तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २७ साउन । आज अगस्ट १३ अर्थात् क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको जन्म दिवस । आजभन्दा ९३ वर्ष अर्थात् सन् १९२६ को अगस्ट १३ मा उहाँको जन्म क्युवाको ओरेन्टे प्रान्तको बिरानमा एउटा मध्यमवर्गीय परिवारमा भएको थियो । उहाँले क्युवालाई संरा अमेरिकी कठपुतली तानाशाही बाटिस्टाको शासनबाट मुक्त गरी समाजवादी बाटोतिर डो¥याउनुभयो । संसारमा समाजवादी आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुग्दा क्यास्ट्रोले क्युवाली समाजवादलाई अघि बढाई संसारका कामदार वर्गमा क्रान्तिकारी उत्साहको सञ्चार गर्नुभयो ।
क्यास्ट्रो क्युवाली क्रान्तिका मात्र नभई संसारका साम्राज्यवादविरोधी जनताका नेता हुनुहुन्थ्यो ।
क्यास्ट्रोको ९३ औं जन्म दिवस क्युवासँगै ल्याटिन अमेरिका, अफ्रिका, एसिया र संसारका विभिन्न देशका न्यायपे्रमी जनताले विविध गतिविधि गरी मनाउँदै छन् । सोही सिलसिलामा आइतबार क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा क्यास्ट्रोको सम्झनामा विचार गोष्ठी भयो । ‘क्युवाली समाजवाद र ल्याटिन अमेरिकाको वामपन्थी आन्दोलन’ विषयक विचार गोष्ठीमा वक्ताहरूले ल्याटिन अमेरिकाका विभिन्न देशमा समाजवादी आन्दोलन अघि बढ्नुमा क्युवाली क्रान्ति र फिडेल क्यास्ट्रोको नेतृत्वदायी भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले फिडेलले विद्यार्थीकालदेखि नै माक्र्स–एंगेल्स, लेनिन–स्तालिनका रचना अध्ययन गर्नुभएको र हवाना विश्वविद्यालयलाई क्रान्तिको केन्द्रबिन्दु बनाउनुभएको बताउनुभयो ।
क्यास्ट्रोले आफ्नो देशको क्रान्तिको लागि आफूसँग भएको पैसाबाट जहाज किनेको र निजी सम्पत्ति बेचेर क्रान्तिको लागि हातहतियार किनेको प्रस·बारे चर्चा गर्दै सुवालले कानुनमा स्नातक उत्तीर्ण अधिवक्ता भएर राजबन्दी रिहाइको कानुनी सङ्घर्ष गर्नुभएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘सन् २००२ मा आँधीबेहरीले क्युवाको बालीनाली नष्ट भयो । नेता फिडेलले संरा अमेरिकासँग खाद्यान्न किन्ने प्रस्ताव राख्नुभयो । तर संरा अमेरिकाले क्युवालाई अन्न बिक्री गर्न मानेन । सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकाको ट्वीन टावर र पेन्टागनमा हमला भयो । नेता फिडेलले उक्त घटनाको निन्दा गर्नुभयो र मानवीय भावना देखाउनुभयो ।’
क्युवामाथि संरा अमेरिकी नाकाबन्दी हटाउनुपर्ने प्रस्ताव संरा सङ्घमा पटक–पटक पारित भएको तर अझै पनि संरा अमेरिकी साम्राज्यवादले नाकाबन्दी चालू राखेकोमा उहाँले विरोध एवं भत्सर्ना गर्नुभयो ।
संरा अमेरिकाले क्युवाली भूमि ग्वान्टानामो क्युवालाई अविलम्ब फिर्ता गर्नुपर्ने आवश्यकता औंलयाउँदै पर्यटन उद्योगको विकाससँगै क्युवामा केही विकृति देखिए पनि क्युवा सरकार त्यस्ता विकृति निराकरण गर्न अग्रसर रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले क्यास्ट्रोको बाल्यकाल र विद्यार्थी जीवनबारे चर्चा गर्दै उहाँले आफ्ना सबै प्रतिभा देशको क्रान्तिका लागि उपयोग गर्नुभएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा आयोजक समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले माक्र्स र एंगेल्सको विचारबाट प्रभावित भएर नेता फिडेलले क्युवामा क्रान्ति गर्नुभएको र चे ग्वेभारासँगको मित्रताले क्युवाली क्रान्तिलाई अझ व्यापक बनाएको विचार राख्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले क्यास्ट्रो साम्राज्यवादविरोधी सङ्घर्षका नेता भएको बताउनुभयो । कार्यक्रममा क्युवा ऐक्यबद्धता समितिका प्रकाश थुसाले ‘ल्याटिन अमेरिकामा वामपन्थी आन्दोलन’ र नीरज लवजूले ‘क्युवाको वर्तमान अवस्था’ विषयक प्रस्तुति गर्नुभएको थियो ।
Leave a Reply