तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा ‘युवाको निम्ति सुरक्षित विश्व’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आइतबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पाँचवटा वडाका खेलकुद समितिका अध्यक्षहरूलाई शारीरिक व्यायामको सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आजका युवाले भोलिका देशका भविष्य निर्धारण गर्ने हुँदा युवाहरू राजनीतिक रूपमा सचेत, सङ्गठित र अनुशासित बन्नुपर्ने विचार राख्नुभयो ।
उहाँले राजनीतिक परिवर्तनको निम्ति गरिने बताउँदै देश जोगाउन आवाज उठाउने युवाहरू देशको लागि आवश्यक भएको बताउनुभयो ।
एनजीओको पक्कड गाउँ–गाउँमा बढिरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले एनजीओ÷आईएनजीओको स्वीकृतिलाई प्राथमिकतामा नराखेको प्रस्ट पार्नुभयो ।
युवालाई कुलतबाट बचाउन र सिर्जनात्मक क्षेत्रमा निपुण बनाउन भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीप विकास गरेर तुलनात्मक रूपमा प्रतिस्पर्धी हुनुपर्ने विचार राख्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले युवाहरूले आफ्नो क्षमताअनुसार देश निर्माणमा सहयोग गर्नुपर्ने धारणा राख्दै भक्तपुर नगरलाई युवाहरूको लागि सुरक्षित ठाउँको रूपमा विकास गर्ने अभियानमा लागिपरेको बताउनुभयो ।
युवा तथा खेलकुद समितिका सदस्य तथा वडा अध्यक्ष उकेश कवांले सरकारले युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, युवाको अधिकार सुनिश्चित हुने युवा नीतिहरू अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मजदुर दैनिक पत्रिकाका प्रधान सम्पादक नीरज लवजूले युवाहरू उमेरले भन्दा भावना र ऊर्जाले उत्प्रेरित हुने चर्चा गर्दै एनजीओ÷आइएनजीओले युवाहरूभित्रको चाहनामा खिया लगाइरहेको बताउनुभयो ।
उहाँले रेमिट्यान्सको भरमा पर्ने देशको विकास कहिले पनि दिगो हुन नसक्ने बताउँदै साम्राज्यवादविरोधी युवाहरू देशको सुरक्षाको निम्ति आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा अध्यक्ष हरिप्रसाद बासुकला र नगरपालिका सदस्य सुनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply