तिहार
- कार्तिक १४, २०८३
काठमाडौं, २९ साउन । इन्डोनेशियामा हुने १८ औं एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले मङ्गलबार साँझ जापानसँगको खेलमा नेपाल १–० ले पराजित भएको छ ।
नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे सुरु भएको थियो ।
इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औं एशियाली खेलकूदको फुटबलतर्फको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ ।
थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोलीले मङ्गलबार जापानसँग खेल्दै एशियन गेम्सको सुरुआत गरेको थियो । इन्डोनेशिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपाल पराजित भएको थियो ।
एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग खेल्नेछ । जापान फिफा बरियतामा ६१ औं र नेपाल १६१ औं स्थानमा छ । जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको मुलुक हो ।
Leave a Reply