नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
हेटौंडा, २९ साउन । प्रदेश नं. ३ को प्रदेशसभाको बैठक मङ्गलबार बस्यो । बैठकको विशेष समयमा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज गोसाईले सङ्घीयता जोगाउन कर बढाउनु परेको तर्कका कारण सङ्घीयताविरुद्ध जनतालाई सरकार स्वयंले उक्साइरहेको बताउनुभयो ।
उहाँले शासक दलका नेताबाट सङ्घीय बन्दोबस्तलाई ‘बाइसे–चौबीसे राज्य सुरु भएको भनी अभिव्यक्ति आएकोमा आश्चर्य व्यक्त गर्दै प्रश्न गर्नुभयो, ‘यो पश्चातापको अभिव्यक्ति हो या गोहीको आँसु ?’
उहाँले भन्नुभयो, “वास्तविक परिस्थिति नबुझी जनतालाई भड्काउने, उत्तेजनामा ल्याउने कार्य शासनसत्तामा जाने दल र तिनका नेताले बारबार गरे, त्यसको परिणति देशले भोग्दैछ । जनतालाई चित्त नबुझाई मनपरी कर निर्धारण गर्ने, जथाभावी लाभ तथा सुविधा लिने, सवारी साधनलगायत व्यक्तिगत प्रयोजनको लागि अनावश्यक ढङ्गमा विभिन्न विलासी सामान खरिद गर्ने, आफै ठेकेदारी गर्ने या ठेकेदारसँग मिलेमतो गर्ने आदि प्रवृत्ति तथा दृश्यले स्थानीय तह र सरकारी निकाय बद्नाम हुँदैछ ।”
सांसद गोसाईले प्रदेश सभामा माक्र्स, लेनिन र स्टालिनलाई फासीवादी हिटलरसँग तुलना गरेकोमा आपत्ति जनाउँदै जानकारीको अभावमा त्यसो गरिनु बेग्लै हुने तर जानाजान त्यसो गरिएको त्यो अक्षम्य गल्ती हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्टालिनलाई चिन्न र बुभ्mन चाहनु हुन्छ र सही समझदारी राख्न चाहनु हुन्छ भने क्यानाडाबाट प्रकाशित ‘क्भअचभत म्यअगmभलतक’ र त्यसैको नेपाली अनुवाद ‘गुप्त दस्तावेजहरू’ अध्ययन गर्नुस् । स्टालिन र स्टालिनको सेनाले हिटलरको फौजलाई परास्त गर्न नसकेको भए आज स्टालिनलाई गाली गर्नेहरू हिटलरका दास बन्न बाध्य हुने थिए । हिजो हिटलरको सञ्चारमन्त्री गोयबल्सले जे प्रचार ग¥यो आजसम्म त्यही दोहो¥याउनु, त्यही समझदारी राख्नु वैचारिक दरिद्रता हो ।”
सभामा नेकांका एक सदस्यले प्रदेशसभाको छलफलमा भाग लिंदै माक्र्स, लेनिन र स्टालिनलाई हिटलरको संज्ञा दिएका थिए ।
सदनमा गुप्त दस्तावेज पुस्तकको चर्चासँगै सांसदले सो पुस्तकबारे चासो राखेका थिए ।
उहाँले देशभरिको बाढी, पहिरोले पु¥याइरहेको मानवीय तथा भौतिक क्षतिप्रति सरकार संवदेनशील बन्न र आफ्नो कर्तव्य निर्वाह गर्न ध्यानाकर्षण गर्नुभयो ।
Leave a Reply