तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार भएको एकमहिने स्थानीय पथप्रदर्शक तालिमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समुदघाटन गर्नुभयो । समुद्घाटन कार्यक्रममा भक्तपुरको पर्यटन उद्योगको विकासले भक्तपुरको मात्रै नभई समग्र देशकै आर्थिक विकास र सांस्कृतिक पहिचान संरक्षण गर्न योगदान पु¥याइरहेको बताउनुभयो ।
प्रशिक्षार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिई आफ्नो योग्यता, क्षमता र दक्षता प्रदर्शन गरी आफ्नो आवश्यकता स्थापित गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । उहाँले स्थानीय पथप्रदर्शकहरूले देश र जनताको प्रतिनिधित्व गर्ने हुँदा पर्यटकलाई प्रदान गर्ने सूचना सत्य, तथ्य र यथार्थपरक हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरलाई सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न सम्पदा संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार निर्माण, सरसफाइ र दक्ष जनशक्ति उत्पादनको लागि कार्य गर्दै आएको बताउनुभयो । नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालय स्थापना गरी यहाँको नेवारी मौलिकता जोगाउन गृहकार्य गरिरहेको पनि उहाँले बताउनुभयो । पर्यटकहरूको रात्रि बसाइ वृद्धि गर्न गृहकार्य भइरहेको बताउँदै उहाँले स्थानीय पथप्रदर्शकहरूले नागरिक भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको कला र संस्कृतिले भक्तपुरलाई जीवन्त नगरको रुपमा स्थापित गरेको र यहाँका मूर्त र अमूर्त सम्पदाहरू भक्तपुरको मौलिक पहिचान भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाको वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका सुभम पौडेल र भक्तपुर नगरपालिकाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।
Leave a Reply