तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २९ साउन । विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार डकर्मीहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले पार्टी र जनवर्गीय सङ्गठन कामदार जनताको निम्ति पार्टी विश्वविद्यालयजस्तो हो, कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्तदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे शिक्षित र दीक्षित गर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘डकर्मीहरुले माक्र्सवाद–लेनिनवादलगायत आफ्नो कामको विषय नक्सा अध्ययन र सामानको गुणस्तरबारे पनि जानकारीमा राख्नुपर्छ ।’’
‘‘नेपाल भनेको काठमाडौं उपत्यकामात्र ठान्नु गलत हो । सुविधा जिल्ला–जिल्लामा पु¥याउनु आवश्यक छ । काठमाडौं उपत्यकामा खुला जग्गा थोरै छ । यसकारण अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला प्रदेश नं. ३ को मकवानपुरमा राख्नु उपयुक्त हुन्छ । स्थानीय जनतालाई उठिबास गर्नु फासीवाद नै हो ।’’ सचिव सुवालले भन्नुभयो ।
उहाँले कार्यकर्ताहरुले क्रान्तिको लागि गर्नुपर्ने तयारी र क्रान्तिपछि प्राप्त हुने उपलब्धिबारे सर्वसाधारण जनतालाई बताउनुपर्नेमा जोड दिंदै धूमपान र मद्यपानको कुलतमा लाग्नुहँुदैन, आफ्ना सन्तानलाई पनि कुलतबाट बचाउनुपर्छ भन्नुभयो ।
उहाँले पार्टी प्रकाशनको अध्ययन र अन्तरक्रिया चालू राख्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले सर्वहारा वर्गका गुरु माक्र्सको जीवनीबारे चर्चा गर्दै माक्र्सअघिका दार्शनिकहरूले समाजको व्याख्या गरेको तर माक्र्सले समाज परिवर्तनको दर्शन प्रतिपादन गर्नुभएको बताउनुभयो ।
उहाँले माक्र्सवादी दर्शनको अध्ययनसँगै कार्यकर्ताहरू जनताको पक्षमा हुने आन्दोलन र सङ्घर्षमा पनि सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवाल, भक्तपुर जिल्ला अध्यक्ष उपेन्द्र सुवाल, डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरु, विक्रम कासिछ्वा, रमेश दुमरु, जगतराम न्हिसुतू, सूर्यनारायण कोजू, कृष्णप्रसाद गोसाई, विश्वराम ख्याजूलगायतले बोल्नुभएको थियो ।
सङ्घको आयोजनामा भएको एकहप्ते उद्घोषण तथा वक्तृत्वकला तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
नेक्राडकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा साउन २३ देखि २८ गतेसम्म सञ्चालित उद्घोषण तथा वक्तृत्वकला तालिममा जम्मा २६ जना डकर्मीहरू सहभागी थिए ।
Leave a Reply