भर्खरै :

ख्वप प्रदर्शनी सकियो, हजारौंले गरे अवलोकन

–हिना सुवाल
भक्तपुर, २६ माघ । ख्वप उच्च मा.विको १७ औं, ख्वप कलेजको १५ औं र शारदा क्याम्पसको २६ औं वार्षिक उत्सवको अवसरमा गरिएको शैक्षिक प्रदर्शनी बुधबार सम्पन्न भयो । प्रदर्शनीमा १०० वटा भन्दा बढी विद्यालयका विद्यार्थीहरुले अवलोकन गरे । हजारौं संख्यामा सहभागी विद्यार्थी, अभिभावक तथा अन्य सर्वसाधारणले रुचिपूर्वक अवलोकन गरेका थिए ।
कलेजका बि.एस्सी तथा एम.एस्सीका इन्चार्ज रविन्द्र ज्याख्वले पहिलो दिनमा प्रदर्शन राम्ररी हेर्न नपाए पनि दोस्रो दिनमा मज्जाले प्रदर्शनी अवलोकन गरेको बताउनुभयो । सबै स्टलहरु राम्ररी हेर्दा साढे ४ घण्टा लागेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुले आफ्नो स्टलको बारेमा बुझाउँदा आफूले मिहेनत गरेर पढाएको कुराको प्रतिफल पाएकोमा ज्यााख्वले खुसी व्यक्त गर्नभयो । हरेक सालझैं यस वर्ष पनि विद्यार्थीहरुले एकदमै जोसिला र मिहिनेतसाथ आफ्नो कर्तव्य निभाएको उहाँको भनाई थियो ।
अघिल्लो वर्षमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको कम मात्र स्टल हुने गरेकोमा यसपालि विगतको तुलनामा बढी छन् ।
“कुनै सामानको प्रयोग नगरी विद्यार्थीहरुले चार्ट बनाएर सिद्धान्त मात्र भए पनि लेखेका छन् । यसले गर्दा विद्यार्थीले परीक्षामा सहयोगी हुने आशा गर्न सकिन्छ ।” प्रदर्शनीकासंयोजक रुपक जोशीले बताउनुभयो । प्रदर्शनीमा हेर्न अवलोकनकर्ताको बिहान १०ः०० बजेदेखि नै लर्को लागेको थियो ।
वार्षिकोत्सवकै अवसरमा ख्वपमा रक्तदान कार्यक्रम पनि भएको थियो । रक्तदानमा २१५ जनाले रगत दान गरेका थिए ।
त्यसै बुधबार कविता वाचन कार्यक्रम पनि भयो । कवितावाचनमा श्यामकृष्ण खुलिमुली, एल.के. सुन्दर, सुसन बस्नेत, शालिकराम दुलाल, रेखा न्यौपाने, प्रज्ञा ढुङ्गाना, रेस्मा थापालगायतले आफ्नो कविता वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *