आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
नेपालका बुद्धिजीवीहरूमा केही राजनैतिक पदावलीमा आज पनि भ्रम यथावत देखिन्छ । बेलायती ‘प्रजातन्त्र’ अर्थात् फ्रान्स, जर्मनी वा संरा अमेरिकी ‘गणतन्त्र’ लाई केहीले ‘उदार प्रजातान्त्रिक क्रान्ति’ वा ‘उदार प्रजातन्त्र’ को रुपमा लिएको देखिन्छ । ‘कम्युनिष्ट’ नाम गरेका दलहरूले ‘समाजवाद’ भनिएका बाहेक सबै प्रजातन्त्र ‘उदार’ मान्ने हो भने बेलायती पूँजीवादी क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन वा क्रान्ति सबै सशस्त्र थिए । क्रामवेलको नेतृत्वमा भएको बेलायती क्रान्तिको १० वर्षे गृहयुद्धमा बेलायतका १२ प्रतिशत मानिसहरू मारिएका थिए, फ्रान्सेली क्रान्ति त झण्डै ७०–८० वर्षको उथलपुथल थियो नेपालका तीन दलजस्तै फ्रान्सका गिरोन्डिस र ज्याकोविन्सहरू आपसमा लड्ने र पालैपालो सत्तामा जान्थे, फेरि क्रान्ति र सत्ता परिवर्तन हुन्थ्यो र अन्तमा पुराना सबै नेताहरू एक अर्कोबाट ग्यालोटिनमा काटिए । १८७१ मा आइपुग्दा जर्मनी (विश्मार्क) ले हमला ग¥यो र कट्टर पूँजीवादी सरकार स्थापना भयो । सुरुमा विदेशसँग मिलेको हुँदा बेलायतका राजा काटिए, गणतन्त्र स्थापना भयो, क्रामवेलको मृत्युपछि उनका छोरा गद्दीमा पुगे, उनी राजनैतिक नेता पनि थिएनन्, सैनिक नेता पनि थिएनन्, उनले राजीनामा दिए, राजावादी सामन्तहरू र पूँजीपति वर्ग मिलेर राजतन्त्रको पुनःस्थापना गरियो र त्यसपछि राजनैतिक बदलामा प्रतिगामीहरूले ठूलो हत्याकाण्ड मच्चाए ।
सुरुमा विदेशसँग मिलेको हुँदा बेलायतका राजा काटिए, गणतन्त्र स्थापना भयो, क्रामवेलको मृत्युपछि उनका छोरा गद्दीमा पुगे, उनी राजनैतिक नेता पनि थिएनन्, सैनिक नेता पनि थिएनन्, उनले राजीनामा दिए, राजावादी सामन्तहरू र पूँजीपति वर्ग मिलेर राजतन्त्रको पुनःस्थापना गरियो र त्यसपछि राजनैतिक बदलामा प्रतिगामीहरूले ठूलो हत्याकाण्ड मच्चाए ।
क्रामवेलको सेना पहिले नै अनेक ठाउँमा खटाइएका थिए, कतिले पूँजीवादी ‘चास्नी पोतेको’ गोली अर्थात् भ्रष्टाचार र लूटबाट मनग्गे पैसा कमाएर पुरानो बाटो छोड्दै गएका थिए । सामन्त वर्ग र पूँजीपति वर्ग मिलेर संवैधानिक राजतन्त्रको विन्दुमा सम्झौता गरियो र सो सत्ता आजसम्म चालू छ । फ्रान्सका लुई पनि विदेशीको सहयोग पाएर जनताको आन्दोलन र क्रान्तिलाई दबाउन चाहन्थे तर उनी विदेश भाग्न असफल भए र क्रान्तिको ग्यालोटिनमा काटिए । नेपालका तीन शासक दलका नेताहरू, आ–आफ्ना दलका कार्यकर्ता र नेताहरू यस्ता ‘उदार’ क्रान्तिबाट शिक्षित छैनन् भनी अनुमान गर्दै गरेको भए, इतिहास र परिस्थिति स्थिर रहन्छ भन्ने सत्य होइन ।
ती पूँजीवादी प्रजातन्त्रहरू रगतको आहालबाट उत्रिएका हुन्, यी प्रजातन्त्रलाई ‘उदार’ भन्नु त रगतलाई ‘गंगाजल’ सम्झनुपर्ने हुन्छ । ती सबै पूँजीवादी क्रान्तिहरूले मजदुर, किसान र गरिब जनतालाई पनि साथ लिएर सामन्तवाद र राजतन्त्रको विरोधमा सङ्घर्ष गरे, आफू सत्तामा पुगेपछि ती गरिबहरूलाई दबाउने ‘आफ्नो पहिलो कर्तव्य’ सम्झे । अमेरिकी स्वतन्त्रता सङ्ग्रामपछि पनि अमेरिकाका किसानहरूमाथि लगाइएको कर माफ नगरी हिजोका स्वतन्त्रता सङ्ग्रामीहरूको विद्रोहलाई रगतमा डुबाइएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनपछिको स्वतन्त्र भारतको पहिलो सरकारले बेलायतको साम्राज्यवादको विरोधमा लडेका ‘तेलंगाना किसान आन्दोलन’ (१९४७–५) लाई गोर्खाली सेनामार्फत रगतमा डुबायो । माथि उल्लेख भएका हरेक देशका पूँजीवादी क्रान्तिको विजयले पहिले आफ्नै देशको कामदार वर्गलाई दबायो र पछि कमजोर आ–आफ्ना छिमेकीहरूमाथि हमला ग¥यो ।
यसकारण पूँजीवादी व्यवस्थालाई ‘उदार’ भन्ने भ्रममा प¥यौं भने नेपाली जनता ठूलो फन्दामा फस्नेछन् । छिमेकी पूँजीवादी देशको एकाधिकार पूँजीले आर्थिक रुपले पछि परेको छिमेकी देशलाई पहिले आफ्नो शिकार बनाउने पक्का छ । पूँजीवादको धर्म यही हो । यसकारण शब्द चयनमा हामी सबै सतर्क रहौं । श्रमिक साप्ताहिक माघ २५ को सम्पादकीय
Leave a Reply