भर्खरै :

करवृद्धिको विरोधमा कीर्तिपुरका जनता आन्दोलित

कीर्तिपुर, ३० साउन । देशभर नै कर वृद्धिले सङ्घर्षको आवाज उठिरहेको बेला कीर्तिपुरमा पनि करवृद्धिको विरोधमा सर्वदलीय सङ्घर्ष समिति गठन गरी बुधबार कीर्तिपुर नपाका प्रमुखलाई एक ज्ञापन पत्र बुझाइयो ।
नेपाली काङ्ग्रेस, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति नेपाल र नेकपा (क्रान्तिकारी माओवादी) का नगर समिति प्रमुखको संयुक्त हस्ताक्षर भएको ज्ञापनपत्र नपाका मेयर रमेश महर्जनलाई सर्वदलीयको तर्फबाट कृष्णमान डंगोलले हस्तान्तरण गर्नुभएको थियो ।
सम्पत्ति करको नाममा (घर र भूमि) को एकमुष्ट कर र महँगो मूल्याङ्कनले किसानहरू धेरै मार परेकोले सम्पत्ति कर खारेज गर्न नपालाई ज्ञापनपत्रमार्फत आग्रह गरेको छ । तीन दिनभित्र संशोधन गरी नयाँ करको व्यवस्था नगरेमा थप आन्दोलन गर्ने चुनौती समितिले दिएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुखले भूमिकर (मालपोत) पुरानै १००।– रूपैयाँ कायम गर्ने र मूल्याङ्कन दरमा पनि आवश्यकतानुसार परिवर्तन गर्ने वचन दिनुभयो । यसअघि साउन २४ गते एकीकृत सम्पति करविरूद्ध सङ्घर्ष समिति कीर्तिपुरले पाँगा ढोकासीबाट धिमे बाजासहित जुलुस गई ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *