यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, ३० साउन । छालिङ गुडिगाउँ खानेपानी आयोजना उपभोक्ता समितिले चाँगुनारायण नपासमेतलाई विपक्षी बनाएर उच्च अदालतमा दायर मुद्दाको बुधबार न्यायाधीश गुणराज ढङ्गेल र भोलानाथ चौलागाइँको संयुक्त इजलासमा बहस भयो । वादी छालिङ गुडीगाउँ खानेपानी आयोजना उपभोक्ता समितिको तर्फबाट अधिवक्ता डा.भीमार्जुन आचार्यले बहस गर्नुभयो ।
बहसपछि संयुक्त इजलासले विपक्षी भाइराजा बाटाको अध्यक्षतामा गठित उपभोक्ता समिति गठनसम्बन्धी निर्णय कागजको प्रतिलिपि, विपक्षी थापागाउँ उपभोक्ता समिति छालिङ भक्तपुर र सो सम्बन्धमा चाँगुनारायण नपाबाट भएका सबै निर्णयका कागजातको प्रतिलिपि चाँगुनारायण नपाबाट झिकाउन आदेश जारी गरेको छ ।
अर्को पेशी भदौ १० को लागि तोकिएको छ । छालिङ–गुडी खानेपानी उपभोक्ता समितिले काम गरिरहेको अवस्थामा एकपक्षीय रूपमा उपभोक्ता समिति गठन गरी चाँगुनारायण नपाले बजेटसमेत निकासा गरेपछि उच्च अदालतमा उत्पे्रषणयुक्त प्रतिषेधको मुद्दा दायर गरिएको थियो ।
Leave a Reply