ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
धेरैका लागि फूटबल एउटा खेल हो । तर रुखसार रशिदका लागि फूटबलमात्र खेल होइन । फूटबल उनको जीवन हो, सपना र देशको गौरव हो ।
‘फूटबल नहुने हो भने मेरो विवाह भइसक्थ्यो, म घर व्यवहार हेर्दै हुन्थें, केटाकेटीको पालनपालन गर्दै हुन्थें । पाकिस्तानका अधिकांश महिलाहरू जस्तै म पनि आफ्नो श्रीमानको सेवा गर्दै हुन्थें ।’, पाकिस्तानको दिया महिला फूटबल क्लवका टोली नेता रशिदले भनिन् । चीनको छिङताओमा चालू १२ वर्षमुनिका महिलाहरूको गोथिया कपमा पाकिस्तानी टोलीको नेतृत्व उनैले गरिरहेकी छिन् ।
दिया फूटबल क्लव पाकिस्तानको पहिलो महिला फूटबल क्लव हो । यसको स्थापना सन् २००२ मा एक जना शारीरिक व्यायामकी शिक्षिका साडिया शेखले गरेकी थिइन् ।
दिया शब्दको अर्थ उर्दुमा दियो हुन्छ । दियो प्रकाश र आशाको प्रतीक हो । रुखसारले भनिन्, “क्लवका संस्थापक साडिया पाकिस्तानका केटीहरूको जीवनमा प्रकाश ल्याउन चाहन्थिन् ।”
साडिया हाल अमेरिकामा छिन् । त्यसकारण उनी छिन्ताओ जान सकिनन् ।
साडिया सानै उमेरदेखि नै फूटबल खेलप्रति गहिरो लगाव राख्थिन् । तर उनले पाकिस्तानमा कोही पनि महिला फूटबल खेलाडी भेटिनन् । साडियाले यो कुरा आफ्नो बुबालाई भनिन् र महिला फूटबल खेलाडीहरूको क्लव बनाउने प्रस्ताव गरिन् । उनका बुबाले ठाडै नकारे ।
‘पाकिस्तानमा केटीहरू बाहिर खेल्ने गर्दैनथे । उनीहरूको काम भनेको विवाह गर्नु र आफ्नो घर व्यवहार, केटाकेटी र श्रीमान्को सेवा गर्नु हो ।’, रुखसारले भनिन् । कोही पनि पाकिस्तानी अभिभावकले आफ्ना छोरीलाई फूटबल खेल्न अनुमति दिन सक्दैन्थ्यो ।
वर्षौको सङ्घर्षपश्चात् साडियाले पाकिस्तानमा पहिलो महिला फूटबल टीम स्थापना गरिन् । सुरुमा क्लवमा जम्मा पाँच जना केटीहरू सामेल भए । पछि साडियाले अरु पनि केटीहरू जम्मा गरिन् ।
‘साडियाले कोही प्रतिभाशाली केटीहरू भेटाए उनीहरूको परीक्षा लिन्थिन् । अनि उनीहरूको घर पुग्थिन् । तिनका आमा बुबालाई सम्झाउँथिन्, हौसला दिन्थिन् ।’, रुखसारले भनिन् ।
रुखसार सानै उमेरदेखि उफ्रने, दौडिने र रुख चढ्ने काम खुब रुचाउँथिन् । सन् २०१० मा उनको भेट साडियासँग सिन्धको फूटबल परीक्षामा भयो । ‘साडियाले मैले गरेको कडा मिहिनेत देखिन् र मलाई फूटबल क्लवमा सामेल हुन आग्रह गरिन् । उनको प्रस्तावले म ज्यादै खुसी भएँ । तर मलाई त्यत्तिबेलासम्म फूटबलका बारेमा केही कुरामात्र थाहा थियो ।’
तर रुखसारको उत्साह पानीमा मिसियो जब उनका पिताले उनलाई फूटबल खेल खेल्न निषेध गरिन् । उनका दाइ र भिनाजु पनि उनको त्यो उत्साहदेखि हाँसे ।
रुखसारको त्यो अवस्था बुझेर साडिया उनको घरमा गएर बुबासँग कुराकानी गरिन् । साडियाले रुखसारका पितालाई रुखसारका लागि आवश्यक सबै यातायात खर्च, युनिफर्म र जुत्ता दिने वाचा गरिन् । उनका पिता सहमत भए ।
रुखसारका पिता आज त्यत्तिबेलाको आफ्नो निर्णयप्रति कुनै पश्चाताप गर्दैनन् । रुखसार क्लवको प्रशिक्षक बनिन् । साथै केही निजी विद्यालयमा खेलकुद शिक्षक पनि बनिन् ।
‘दिया क्लवले म जस्ता धेरै केटीहरूलाई प्रशिक्षण दिइसकेको छ । हामीले नयाँ जीवन पाएका छौं । फूटबल र साडियालाई धेरै–धेरै धन्यवाद ।’, रुखसारले भनिन् ।
‘फूटबलको तालिमपश्चात् हामी साहसिला भयौं । मैदानमा मात्र होइन, बरु जीवनमा पनि हामी आँटिला भयौं ।’, उनले थपिन् ।
दिया क्लवमा अहिले ८० भन्दा बढी छात्राहरू छन् । तर क्लवको खर्चबर्च भने सधैं समस्याकै विषय बन्ने गरेको छ । केटीहरूको शिक्षा, यातायात खर्च, जुत्ता, युनिफर्म र अरु सामग्रीको लागि क्लवले नै बेहोर्ने गरेको छ । त्यो सबै नगरे केटीहरूले फूटबल छोड्छन् ।
शारीरिक शिक्षक बन्दा साडियाले साँझ निजी विद्यालयहरूमा फूटबलको प्रशिक्षकको रुपमा र अरु बेला सरकारी कर्मचारीको काम गरिन् । उनले यति मिहिनेत गर्नुपर्नाको मूल कारण भने क्लवको सञ्चालन नै थियो ।
‘साडियाको कडा मिहिनेतबाट क्लवका सबै जना प्रभावित थिए । हामीले पनि उनले जस्तै मिहिनेतपूर्वक नगर्नुपर्ने कुनै कारण नै थिएन ।’, रुखसारले भनिन् ।
क्लवका केटीहरू दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म हिलाम्मे मैदानमा तालिम गर्छन् । उनीहरूसँग राम्रो खेलमैदान बनाउने मनग्य पैसा छैन । सबै जना निकै मिहिनेतका साथ तालिममा भाग लिन्छन् र सबै जना फूटबलबाट खुशी छन् । रुखसारले भनिन्, “फूटबल खेल्न थाल्दा हामी हाम्रा सबै तनाव भुल्छौं र सबै बन्देजलाई एक ठाउँमा थन्काउँछौं ।”
दिया क्लवको स्थापनासँगै पाकिस्तानका अभिभावकको सोच्ने शैलीमा परिवर्तन आएको छ । महिला फूटबलबारे उनीहरूको सोचमा परिवर्तन हुँदैछ । पाकिस्तानी आमाबुवा आफ्ना छोरीलाई फूटबल खेलाउन तयार हुँदैछन् ।
‘अन्तर्राष्ट्रिय फूटबलमा हामीले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छौं । नर्वेमा गएको साल भएको खेलमा पाकिस्तानी टोली क्वाटरफाइनल चरणसम्म पुगेको थियो । हामी हाम्रो देशलाई गौरवान्वित बनाउन चाहन्छौं ।’, रुखसारले भनिन् ।
Leave a Reply