भर्खरै :

‘सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ गरिने

काठमाडौँ, २ भदौ (रासस) ः प्रथम ‘सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ आगामी मंसिर ७ देखि १० गतेसम्म काठमाडौँमा गरिने भएको छ ।
बीस देशका चलचित्रकर्मीले सहभागिता जनाउने उक्त महोत्सवमा सहभागी राष्ट्रमा निर्मित लामा तथा छोटा चलचित्रका साथै वृत्तचित्र प्रस्तुतसहित कार्यशाला गरिनेछ । गत असार २३ गतेदेखि महोत्सवका लागि दर्ता शुरु गरिएको र यही भदौ तेस्रो हप्तासम्म सहभागी देशका चलचित्र दर्ता गरिनेछ ।
नेपाल कल्चर एण्ड फिल्म सेन्टरले आज यहाँ आयोजना गरेको पकार सम्मेलनमा महोत्सवका संयोजक सुवर्ण थापाले नेपालका विभिन्न जाति तथा समुदायका फरक संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने र विदेशी चलचित्रबारे स्वदेशमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
महोत्सवमा पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड, इन्करेजमेन्ट अवार्डसहित आठ विधामा पुरस्कार प्रदान गरिनेछ । लामा चलचित्रलाई एक हजार अमेरिकी डलर, वृत्तचित्रलाई ५०० अमेरिकी डलर, छोटा चलचित्र र बाल चलचित्रलाई २५० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *