यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ भदौ । भक्तपुर बहिरा सङ्घको एघारौं अधिवेशन तथा बाइसौं साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले एक समारोहबीच शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले बहिरा र अपाङ्ग शब्द नभई फरक ढङ्गले क्षमता भएको शब्द प्रयोग हुनुपर्ने बताउनुभयो ।
उहाँले संविधानको धारा ३३, ३९, ४२ र ४३ मा अपाङ्गता भएको हकसम्बन्धी उल्लेख भएको र धारा ३१(४) मा बहिरा तथा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएकालाई साङ्केतिक भाषाको माध्यमबाट कानुनबमोजिम निःशुल्क शिक्षा पाउने हक उल्लेख भएको जानकारी दिनुभयो । ‘निश्चित मापदण्डका बहिरालाई सवारी चलाउने अनुमतिपत्र दिने कानुन पनि बन्यो । नेपालमा कानुन बन्छ तर कार्यान्वयन हुँदैन । सर्वोच्च अदालतमा सबै नगरपालिकाहरूलाई खोलामा फोहर ढल र फोहरमैला नजोड्नु र नफाल्नु भनी आदेश दियो तर अधिकांश नगरपालिकाले फोहर ढल र फोहरमैला खोला र नदीमा जोड्ने र फाल्ने काम रोक्न सकेनन् ।’, सांसद सुवालले भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको तर्फबाट सम्पूर्ण कामदार वर्गको पक्षमा सुरक्षित मातृत्व, जनस्वास्थ्य, उपभोक्ता अधिकार, नागरिकता राहदानी विधेयकमा गरेको संशोधनबारे प्रकाश पार्नुभयो ।
उहाँले नयाँ पुस्तामा बहिरा र अपाङ्गहरूप्रति सहयोगी भावना बढाउन विद्यालय पाठ्यपुस्तक बनाउनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा बहिरा महासङ्घका अध्यक्ष केबी अधिकारीले बहिराहरूलाई विशेष चालक अनुमति पत्रको सन्दर्भमा कुनै पहल नभएको बताउनुभयो ।
भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर पत्रकार महासङ्घका अध्यक्ष पुष्कर बुढाथोकी, बासु माविका सहायक प्राचार्य लक्ष्मीभक्त लासिवा, बाहिरा सङ्घका संस्थापक अध्यक्ष नकुलप्रसाद अधिकारी, काठमाडौं बहिरा सङ्घका अध्यक्ष सत्यदेवी वाग्ले, काभ्रे बहिरा विकास सङ्घका उपाध्यक्ष वीर बोगटी, पत्रकार रमेश गिरी, कृष्णा, शिलु, ठूलो भाइ, प्रकाश सैंजू, सङ्घका बिन्दा काफ्ले, जयराम पक्कानेवार, दोभाषे टीकाराम लामिछाने, नानु जयना, दिनेश श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
साधारणसभाले सुशील अधिकारीको अध्यक्षतामा सात सदस्यीय भक्तपुर बहिरा सङ्घ निर्वाचित गरेको छ ।
Leave a Reply