भर्खरै :

दुई सय कानुन व्यवसायीद्वारा राजीनामाको घोषणा

काठमाडौँ, २७ माघ । उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति संविधान र ऐन कानुन विपरीत भएको भन्दै प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा धर्ना दिएर आज प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले केन्द्रीय अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा घोषणा गरेको नामावली बुझाएका हुन् ।
जनकपुरमा बसेको कानुन व्यवसायी समन्वय समितिको यही माघ २२ गते बसेको बैठकले न्यायपरिषद्ले संविधान विपरीत उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेको भन्दै सामूहिक राजीनामा घोषणा गरेको समन्वय समितिका संयोजक सुनील पङ्कज कर्र्णले बताउनुभयो ।
अध्यक्ष केसीले न्यायपरिषद्ले समावेशी र समानुपातिकलाई स्थान नदिएकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको र आन्दोलनप्रति बारको ऐक्यबद्धता रहेको जनाउँदै न्यायका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *