भर्खरै :

नेक्राकिसंघको सम्मेलन शुरु, फोरमका केही कार्यकर्ताद्वारा विथोल्ने प्रयास

राजबिराज, २८ माघ ।
सप्तरीको राजबिराजमा आजबाट हुन लागेको नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मलन विथोल्ने नियतले सम्मेलनको उद्घाटनस्थलमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका केही कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । १५–२० जनाको संख्यामा आएका उनीहरुले सम्मेलन भाँड्ने प्रयास गरेका हुन् । सम्मेलनको उद्घाटन समारोह गर्ने तय भएको राज रंगशालामा फोरमले भोलि माघ २९ गते आफ्नो सम्मेलन भएको भन्दै अवरोध सिर्जना गरे पछि नेक्राकिसंघले सम्मेलनको उद्घाटन कार्यक्रम कृष्णमन्दिरमा सारेको थियो । तर त्यहीँ पनि फोरमका कार्यकर्ताहरु आएर सम्मेलन गर्न नदिने प्रयास गरेका हुन् । फोरमका कार्यकर्ताहरुले नेमकिपाको विरोध र संविधान संशोधनको पक्षमा नाराबाजी गरेका थिए ।
प्राप्त जानकारीअनुसार प्रहरीले विथोल्न प्रयास गरेका केही कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।
सम्मेलनको उद्घाटन नेमकिपाका केन्द्रीय सचिव सुनिल प्रजापतिले गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम शुरु भइसकेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *