भर्खरै :

महिलाबीच प्रदेश सांसद

काठमाडांै, ३ भदौ । तार्केश्वर महिला बचत तथा ऋण सहकारी संस्था र महिला मञ्च तार्केश्वरले आइतबार आयोजना गरेको महिला भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सृजना सैंजूले महिलाहरू चुल्हो चौकामा मात्र सीमित हुन नहुने र राजनीतिक रुपमा पनि सचेत बन्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारी संस्थाले सदस्यको सीपमूलक तालिमका साथै महिलाको सामाजिक र व्यक्तित्व विकास हुने गतिविधि पनि गर्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सभामा भएका गतिविधिबारे बोल्दै उहाँले शासक दलका सांसद देश र जनताको हितमा नियम कानुन बनाउनतिर भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थप्रति बढी चासो राख्ने गरेको अनुभव सुनाउनुभयो ।
स्थानीय महिला अगुवा कान्ति बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरा श्रेष्ठ, मोहन बज्राचार्य, शकुन्तला तामाङ, इन्द्रलक्ष्मी श्रेष्ठ, नम्रता श्रेष्ठ र गीता श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *